बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

सोमबार, ०७ पुस २०७६, २१ : २२
सोमबार, ०७ पुस २०७६

काठमाडौं । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भूटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा एपिएफले पुलिसललाई तथा दोस्रो सेमिफाइनलमा आर्मीले भूटानलाई पराजित गरेको हो ।

 एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गर्नुभयो । यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गर्नुभयो । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले गोल गरेका थिए ।

दोस्रो सेमिफाइनलमा आर्मीकी पूजा रानाले खेलको १०औँ मिनेटमा पहिलो गोल गर्नुभयो । खेलको ८४औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गर्नुभयो । एपिएफ र आर्मीबीच बुधबार उपाधिका लागि खेल हुनेछ । 

प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, सेमिफाइनल पुगेका टोलीले रु ५० हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप