प्रहरी अस्पतालमा नयाँ नेतृत्व आउँदै, तीनजना डिआईजी प्रतिस्पर्धामा
सोमबार, ०७ पुस २०७६, २१ : १५

काठमाडौँ । नेपाल प्रहरी अस्पतालको नेतृत्व खाली भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा पुनको पुस ४ गते अनिवार्य अवकास लिएपछि नेतृत्व खाली भएको हो ।
डा पुनको कार्यकाल सकिएसँगै अस्पतालको नेतृत्व लिन वर्तमान तीन प्रहरी नायव महानिरीक्षक मेडिकल डाइरेक्टर बन्न प्रतिस्पर्धामा उत्रेका छन् । कार्यसम्पादन मुल्याङ्कन र वरिष्ठताको आधारमा पहिलो नम्बरमा रहेका डा मीनराज पाठकलाई निमित्त डाइरेक्टर बनाइएको छ ।
डा पाठकलाई नै डाइरेक्टर बनाउने तयारी सरकारले गरेपनि दोस्रो नम्बरमा रहेका डा आशा सिंह र तेस्रो नम्बरमा रहेका डा सुमनराजा श्रेष्ठ पनि प्रतिस्पर्धामा उत्रेका हुन् ।
यी तीनै जना एकैपटक डीआइजी बनेका हुन् । प्रतिस्पर्धामा रहेका डा पाठक सुदुरपश्चिम निवासी, डा सिंह तराईबासी र डा श्रेष्ठ काठमाडौँ बासी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनकारी शिक्षकले आफ्ना सन्तानलाई सरकारी स्कुलमै पढाउने दिन कहिले आउला ?
-
नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाह को हुन् ?
-
‘२०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ’
-
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : अध्यक्ष प्रचण्ड
-
प्रसिद्धको शानदार बलिङबिच दिल्लीद्वारा २ सय ४ रनको लक्ष्य प्रस्तुत
-
ट्रम्पलाई अदालतको झट्का : दुई भेनेजुएली नागिरकको देश निकालामा अस्थायी रोक