सरकारले एमसीसीसँगको सम्झौता पारित गर्ने तयारी गरेलगत्तै बोल्यो विप्लव नेतृत्वको नेकपा
सोमबार, ०७ पुस २०७६, १९ : ४५

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता र सो सम्झौतालाई संसदबाट पारित गर्ने तयारी प्रति गम्भीर आपत्ति जनाएको छ । सो पार्टीले आज एक विज्ञप्ति जारी गरी उक्त सम्झौता संसदको हिउँदे अधिवेशनबाट पारित गर्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा अमेरिकी साम्राज्यवादी शक्तिले दक्षिण एसिया र नेपाललाई प्रयोग गर्ने दुष्ट, कुत्सित नियतले अमेरिकाले नेपाललाई मोटो रकम गुलियो विषमार्फत फसाउन एमसीसी सम्झौतामा फसाउने षडयन्त्र गरिएको दाबी गरिएको छ । विज्ञप्तिमा सबै पक्षलाई उक्त सम्झौताका विरुद्धमा उत्रिन समेत आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य व्यवस्थाको प्रतिवेदन हुबहु पारित भए कर्मचारीलाई राजीनामा दिएर संवैधानिक नियुक्तिमा बन्देज
-
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
-
रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू