शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भुटानमाथि नेपालको गोलबर्षा

सोमबार, ०७ पुस २०७६, १९ : ०८
सोमबार, ०७ पुस २०७६

काठमाडौं ।  मैत्रीपूर्ण खेलमा नेपाली यू–१५ छात्रा टोलीले भुटानमाथि गोल बर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा नेपालले भुटानको यू–१५ टोलीलाई  ६–१ ले हराएको छ ।

नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रिति राईले दुई र सुनकली राईले एक गोल गरेकी थिइन् । भुटानका लागि कप्तान डिकी लाजोमले सान्त्वना गोल फर्काइन् । नेपाल र भुटानबीचको अर्को मैत्रीपूर्ण खेल बुधबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप