शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँलाई पक्राउ गर्नुअघि सीआईबीमा बैठक, यसरी पुग्यो प्रहरी चिनियाँसम्म

सोमबार, ०७ पुस २०७६, १९ : ०४
सोमबार, ०७ पुस २०७६

काठमाडौँ । नेपालमा बसेर अवैध गतिविधि गरेको आरोपमा प्रहरीले राजधानीका विभिन्न स्थानबाट  १०० बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

भिसाको म्याद गुज्रिसकेपछि पनि  नेपालमै बसेर साइबर अपराधसँग सम्बन्धित गतिविधिमा संलग्न भएको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले राजधानीका विभिन्न अपार्टमेन्ट तथा फ्ल्याटहरुमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

स्रोतका अनुसार आईजीपी सर्वेन्द्र खनालकहाँ यससम्बन्धी सूचना आएपछि उनले सीआईबीलाई अनुुसन्धान गर्न निर्देशन दिएका थिए । खनालको निर्देशनसँगै सोमबार सीआईबीमा महानगरीय प्रहरी परिसर, अपराध महाशाखालगायतका प्रमुखहरुको बैठक बसेर सर्च अभियान तीव्र बनाउने निर्णय भएको थियो । 

लगत्तै बूढानीलकण्ठ, बाँसबारी, धुम्बाराहीलगायतका स्थानमा प्रहरीले छामा मारेर १०० बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।

 प्रहरीका अनुसार उनीहरु साइबरसम्बन्धी अपराधमा संलग्न रहेको पाइएको छ । विदेशमा समेत उनीहरुले काठमाडौँबाटै साइबर अपराध गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
 प्रहरीले यससम्बन्धी थप अनुसन्धान भइरहेको पनि जनाएको छ।  

प्रहरीले चिनियाँ नागरिकको साथबाट ४ सय बढी ल्यापटप, मोबाइल फोन, सिमलगायत बरामद गरेको बताइएको छ। 

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको जानकारी दिए । 

पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् । 

पछिल्लो समय नेपालमा चिनियाँ नागरिकले बैंक ह्याक गरेर रकम लुटेको घटना पनि बाहिर आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप