गायिका भोस्ले नेपाल आउँदै
![गायिका भोस्ले नेपाल आउँदै](https://rpcdn.ratopati.com/media/albums/Asha-Bhosale_EoriCrXfyO.jpg)
काठमाडौं । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै छन् । उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।
“उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भने । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् ।
असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छन्।
“नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ”, मोक्तानले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म