शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय जनता पार्टीको राजनीतिक नक्सा दुई वर्षमा यसरी खुम्चियो

सोमबार, ०७ पुस २०७६, १७ : २८
सोमबार, ०७ पुस २०७६

नयाँ दिल्ली । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्लो समय अलोकप्रिय हुँदै गएको देखिन्छ । भारतमा पछिल्ला दुई वर्षमा राजनीतिक समीकरणमा निकै ठूलो परिवर्तन देखिएको छ ।

डिसेम्बर २०१७ सम्ममा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन (एनडिए)ले १९ राज्यमा शासन गर्दै आएको थियो । परिस्थिति सधैँ अनुकुल हुँदैन भनेझैं भारतीय जनता पार्टीले मध्यप्रदेश, राजस्थान, छत्तीसगढमा सत्ता गुमायो ।

यस्तै आन्ध्र प्रदेशमा पनि भारतीय जनता पार्टी र तेलगुदेसम पार्टीको संयुक्त सरकार थियो । सन् २०१८ मा तेलगु देसम पार्टीले भारतीय जनता पार्टीको साथ छोड्यो । सन् २०१९ मा भएको विधानसभा चुनावमा यहाँ भारतीय जनता पार्टी गठबन्धन पराजित भयो ।

त्यसैगरी महाराष्ट्रमा पनि सहयोगी दल शिवसेनालाई साथ लिन नसक्दा भारतीय जनता पार्टी विपक्षमा पुगेको छ ।

जम्मू–कश्मीरमा सन् २०१८ जुन महिनामा भारतीय जनता पार्टीले क्षेत्रीय दल पिपुल्स डेमोक्रेटिक पार्टीसँग नाता तोड्यो । जम्मू र कश्मिरलाई केन्द्र शासित दुई प्रदेशमा विभाजन गरिएसँगै लामो समय प्रदर्शन भयो । सरकारले कर्फ्यु जारी गरेर जनतालाई लामो समय घर–घरमै सीमित गरिदियो । हाल राष्ट्रपति शासन रहेका जम्मु–कश्मिर र लद्दाखमध्ये लद्दाखमा विधानसभा रहने छैन तर जम्मु–कश्मिरमा जनताले भारतीय जनता पार्टीलाई कति रुचाउँछन् भन्ने हेर्न बाँकी नै छ ।

यस्तै, झारखण्डमा काँग्रेस, झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलको महागठबन्धन विजयी भएको छ । भारतीय जनता पार्टीले यो राज्यमा पनि आफ्नो सरकार गुमाएको छ ।

दुई वर्षमा भारतीय जनता पार्टीले सरकार गुमाउनु परेको झारखण्ड सातौँ प्रदेश हो । दुई वर्ष अघि भारतको ७२ प्रतिशत जनसंख्या भारतीय जनता पार्टीको प्रादेशिक सरकारको शासनमा थिए भने सन् २०१९ को अन्त्यमा आइपुग्दा ४२ प्रतिशत जनसङ्ख्यामा भारतीय जनता पार्टीको प्रादेशिक शासन सीमित छ ।

तस्विर स्रोत : भास्कर दैनिक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप