मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक उज्यालो अभियान: ६ हजारलाई सचेतना कक्षा

सोमबार, ०७ पुस २०७६, १६ : ५५
सोमबार, ०७ पुस २०७६

काठमाडौँ । ‘समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत ६ हजार जनालाई सचेतना प्रदान गरिएको छ । 

यस एक हप्तामा मात्रै सार्वजनिक भाडाका सवारी चालक र सहचालक ७०३ जना, ट्याक्सी चालक ७० जना, मोटरसाइकल चालक १,००६ जना, सिहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालकहरू ५७, पैदलयात्री २,६३५ र विद्यार्थी ८०१ गरी जम्मा ५,८८४ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे  प्रशिक्षित तुल्याएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनले भने – ‘हामीले 'कोर्स' नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरेका छौँ ।‘

यस अभियान दैनिक रूपमा महाशाखा र मातहतका ४० ईकाइबाट ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूल/कलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा लिने गरिएको छ ।

ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुर्‍याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले यो अभियान शुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप