शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकको शाखा निजगढमा

सोमबार, ०७ पुस २०७६, १५ : ४९
सोमबार, ०७ पुस २०७६

काठमाडौं– हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा निजगढ नगरपालिका ९ निजगढमा पौष ७ गतेदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहका बीच गरे । 

सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने  र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गरे । 

उनले उद्योग तथा व्यवसायिक लगानीका लागि बारा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप