नरिवलको रक्सी खाँदा ८ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ ।
राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरु मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् । रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए ।
रक्सी सेवनका कारण बिरामी भएका ३ सय जना अस्पतालमा भर्ना भएका उनले बताए । उनीहरु सबैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाई छ । क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।
बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडी पारिएको समुदायका हुने गरेका छन् । पछाडी पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाई छ । –एएफपी/Photo: BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
-
सङ्घीय निजामती विधेयक : अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’ को अवधिमा सहमति जुटाउन सकस