एउटा फिल्म सार्वजनिक नहुँदा पनि शाहरुख खानले सन् २०१९मा कसरी कमाए १२४ करोड भारु ?
एजेन्सी । बलिउडका चर्चित अभिनेता शाहरुख खानको यो वर्ष कुनै पनि फिल्म प्रदर्शनमा आएन ।
तर फोर्ब्सले जारी गरेको शीर्ष १०० सेलिब्रिटीको सूचीमा शाहरुख खानको नाम छैटौं स्थानमा छ ।
शाहरुख खानले सन् २०१९ मा कुनै फिल्म प्रदर्शनमा नआएर पनि कसरी करोडौं रकम कमाए त ?
फोर्ब्सका तर्फबाट जारी गरिएको जानकारी अनुसार शाहरुख खानले सन् २०१९ मा १२४ करोड भारु कमाई गरे ।
यस अघि सन् २०१८मा उनले ५६ करोड कमाई गरेका थिए । जबकि सन् २०१७ मा उनको कमाइ १७०.५ करोड थियो ।
के हो कमाइको आय ?
शाहरुख खानको यो वर्ष कुनै फिल्म सार्वजनिक नभए पनि उनले गर्ने सामानको प्रवर्द्धन र व्यवसायबाट आय भइरहेको थियो ।
व्यवसायको कुरा गर्दा उनले निक्कै धेरै उत्पादन सामाग्रीको इण्डोर्समेन्ट गरेका छन् । अर्थात उनले विज्ञापनजस्तो कयैन प्रोजेक्ट आफ्नो हातमा लिएका छन् ।
अहिले शाहरुख खान करिब १४ ब्राण्डसँग जोडिएका छन् । जसमा आईसीआईसीआई, बायजूस, बिग बास्केट, ट्याग ह्युअर, लक्स, हूण्डेजस्ता ब्राण्ड सामेल छन् ।
त्यस अतिरिक्त उनको रेड चिलिज इन्टरटेन्मेन्ट नामको प्रोडक्सन कम्पनी पनि छ । यसबाट पनि यो वर्ष राम्रो आय भयो ।
यो निर्माण कम्पनीले लगानी गरेको ‘वर्ड अफ ब्लड’ नेटफ्लिक्समा सार्वजनिक भएको थियो । यसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए ।
फोर्ब्सले सार्वजनिक गरेको भारतका सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटीमा विराट कोहलीको नाम शिर्ष स्थानमा छ । त्यस्तै दोस्रोदेखि क्रमशः अक्षय कुमार, सलमान खान, अमिताभ बच्चन, महेन्द्र सिंह धोनी र सलमान खान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूचीसहित)
-
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्मका लागि स्थगित
-
‘प्रधानन्यायाधीशले पूर्वाराजा भेटेको’ समाचार लेख्ने सम्पादकलाई बयानमा बोलाउने सर्वोच्चको आदेश
-
नेप्से परिसूचक लगातार चार दिन गिरावट, आज ३२.३८ अङ्कले घट्यो
-
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने