शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा फिल्म सार्वजनिक नहुँदा पनि शाहरुख खानले सन् २०१९मा कसरी कमाए १२४ करोड भारु ?

सोमबार, ०७ पुस २०७६, १४ : ५६
सोमबार, ०७ पुस २०७६

एजेन्सी । बलिउडका चर्चित अभिनेता शाहरुख खानको यो वर्ष कुनै पनि फिल्म प्रदर्शनमा आएन । 

तर फोर्ब्सले जारी गरेको शीर्ष १०० सेलिब्रिटीको सूचीमा शाहरुख खानको नाम छैटौं स्थानमा छ । 

शाहरुख खानले सन् २०१९ मा कुनै फिल्म प्रदर्शनमा नआएर पनि कसरी करोडौं रकम कमाए त ? 

फोर्ब्सका तर्फबाट जारी गरिएको जानकारी अनुसार शाहरुख खानले सन् २०१९ मा १२४ करोड भारु कमाई गरे । 

यस अघि सन् २०१८मा उनले ५६ करोड कमाई गरेका थिए । जबकि सन् २०१७ मा उनको कमाइ १७०.५ करोड थियो । 

के हो कमाइको आय ?
शाहरुख खानको यो वर्ष कुनै फिल्म सार्वजनिक नभए पनि उनले गर्ने सामानको प्रवर्द्धन र व्यवसायबाट आय भइरहेको थियो । 

व्यवसायको कुरा गर्दा उनले निक्कै धेरै उत्पादन सामाग्रीको इण्डोर्समेन्ट गरेका छन् । अर्थात उनले विज्ञापनजस्तो कयैन प्रोजेक्ट आफ्नो हातमा लिएका छन् । 

अहिले शाहरुख खान करिब १४ ब्राण्डसँग जोडिएका छन् । जसमा आईसीआईसीआई, बायजूस, बिग बास्केट, ट्याग ह्युअर, लक्स, हूण्डेजस्ता ब्राण्ड सामेल छन् । 

त्यस अतिरिक्त उनको रेड चिलिज इन्टरटेन्मेन्ट नामको प्रोडक्सन कम्पनी पनि छ । यसबाट पनि यो वर्ष राम्रो आय भयो । 

यो निर्माण कम्पनीले लगानी गरेको ‘वर्ड अफ ब्लड’ नेटफ्लिक्समा सार्वजनिक भएको थियो । यसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए । 

फोर्ब्सले  सार्वजनिक गरेको भारतका सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटीमा विराट कोहलीको नाम शिर्ष स्थानमा छ । त्यस्तै दोस्रोदेखि क्रमशः अक्षय कुमार, सलमान खान, अमिताभ बच्चन, महेन्द्र सिंह धोनी र सलमान खान छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप