सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
सुनसरी । सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । सुनसरीको नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा सोमबार बिहान ट्रकसँग बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकको पछाडी सोही दिशातर्फ गइरहेको एम्बुलेन्स ठोक्किएको थियो ।
बिहान सवा ८ बजे भएको सो दुर्घटनामामा एम्बुलेन्समा सवार बिरामी उदयपुरको गढी नगरपालिका ५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको हो । जिल्ला अस्पताल पु¥याउनसाथ विष्टलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक, परिचालकसहित ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते ४ जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा