शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८ महिनाकी गर्भवती कल्की कोचलिनले गराइन् फोटोसुट, देखाइन् ‘बेबी बम्प’

सोमबार, ०७ पुस २०७६, १३ : १०
सोमबार, ०७ पुस २०७६

कल्कि कोचलिन आजकाल आफ्नो गर्भावस्थामा रमाइरहेकी छिन् । हालै उनले फोटोसुट गरिरहेकी छिन् जसमा उनी आफ्नो बेबी बम्प देखाइरहेको देख्न सकिन्छ । कल्किले फोटोसुटको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । यो फोटोसुट उनले पिकक म्यागजिनका लागि गराएकी छिन् । फोटोसुटका लागि कल्किले डिजाइनर फाल्गुनी र शेन पिकद्वारा डिजाइन गरिएको पहिरन लगाएकी छिन् ।

पेन्टर हुन् कल्किका प्रेमीः

गाइ हर्शबर्ग इजराइलका हुन् र क्लासिकल पेन्टिङ बनाउँछन् । कल्किको पहिलो विवाह फिल्म निर्देशक अनुराग कश्यपसँग भएको थियो । केही वर्षको सम्बन्धपछि सन् २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद पछि पनि यी दुईलाई थुप्रै पटक सँगै देखिने गरिन्छ । उनीहरुलाई सार्वजनिक स्थानमा कुराकानी गरिरहेको पनि देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप