अमेरिकामा सडक दुर्घटना हुँदा ६९ गाडी एकै थुप्रो !
अमेरिकाको भर्जिनियामा आइबार बिहान सडक दुर्घटना हुँदा लगभग ७० वटा गाडी एकै थुप्रो भएका छन् । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा भएको उक्त दुर्घटना बाक्लो कुहिरो र हिउँ परेका कारण चिसो सडकका कारण भएको भर्जिनिया पुलिसले जानकारी दिएको छ ।
दुर्घटनापछि सडकका दुबैतर्फको आवतजावत बन्द गरिएको अधिकारीले बताएका छन् ।
योर्क पोक्वोसन सेरिफको अफिस र भर्जिनिया स्टेट पुलिसमार्फत् प्राप्त फोटोमा दुर्घटनापछि गाडीहरु एक अर्कालाई ठक्कर दिएर एकै थुप्रो लागेको देखिएको छ । स्टेटका पुलिसका अनुसार जम्मा ६९ गाडी एक आपसमा ठोक्किएका थिए ।
केही स्थानमा गाडीहरु यति बेस्सरी ठोक्किएका थिए कि अग्नि नियन्त्रक र आपतकालीन सेवामार्फत् कारभित्रका मानिसहरुको उद्धार गर्नुपरेको थियो ।
‘घटनास्थल र अस्पताल गरी ५१ जनाको उपचार भएको छ जसमध्ये दुईको स्थिती गम्भीर छ,’ योर्क काउन्टीका अग्निनियन्त्रण विभागका प्रमुख स्टिभ कोप्जिन्सिकीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त