बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पार्टनरसँग झगडा गरेपछि चुप नबस्नुहोस्, थाहा पाउनुहोस् रिसाएका पार्टनरलाई फकाउने तरिका

सोमबार, ०७ पुस २०७६, १२ : १७
सोमबार, ०७ पुस २०७६

सम्बन्धमा रहँदा स–साना कुराको विषयमा झगडा बहस हुनु साधारण हो । तर झगडा गर्नेबेला पार्टनरका विभिन्न कुराको ख्याल राख्नु पनि अत्यावश्यक हुन्छ । तर, धेरै पार्टनरहरु झगडा गरेपछि चुपचाप बस्छन् र आफ्नो पार्टनरसँग धेरै दिनसम्म बोल्दैनन् ।

सम्बन्धमा रहँदा बहस वा झगडापछि चुप लाग्नु कुनै पनि हालतमा सही तरिका होइन । थुप्रै स्थितीमा पार्टनर चुप बस्दा अर्का व्यक्ति थप रिसाउने गर्छन् । सम्बन्धमा झगडा पछि वा कुनै बहसपछिको समय निकै महत्वपूर्ण हुन्छ । तर चुप बस्नु निकै खराब बानी हो । झगडा गरेपछि कति मानिसहरु निकै भावुक पनि हुने गर्छन् । यो लेखमार्फत् झगडा भएपछि चुप लागेर बस्नु तपाईंका लागि कति हानिकारक हुन्छ भन्ने जानकारी दिँदैछौं ।

चुप बस्दा स्थितीमा सुधार हुँदैनः

कोही व्यक्तिले झगडापछि चुप बस्दा आफ्नो पार्टनर शान्त हुने अनुमान गर्छन् । तर यो तपाईं र तपाईंको सम्बन्ध दुबैका लागि ठिक होइन । यदि कसैको यस्तै बानी छ भने रिसाएका पार्टनरले सोच्ने गर्छन्, ‘उसलाई त मेरो केही चिन्ता नै छैन, कस्तो जिम्मेवारीबाट भाग्न सकेको ?’

सामान्य झगडा पछि तपाईं चुप बसिदिँदा तपाईंको पार्टनरलाई थप रिस उठ्ने र यसले ठूलै झगडा निम्तिने खतरा पनि देखिन सक्छ । त्यसकारण जब तपाईंको पार्टनरसँग झगडा पर्छ तब शान्त भएर कुरा गर्नुहोस् । पार्टनरलाई के कति कारणले रिस उठेको हो त्यसबारे ठन्डा दिमागले छलफल गर्नुहोस् ।

मौनताले सहयोग गर्दैनः

झगडा पछि चुपचाप बस्नुको खासमा भन्ने हो भने केही पनि फाइदा छैन । यस्ता बानी भएकाहरुको सम्बन्ध क्रमशः कमजोर हुँदै जान्छ । सम्बन्धमा रहँदा पार्टनरबीच लगातारको संवाद अत्यावश्यक छ, स्थिती चाहे जे सुकै होस् । तर यदि झगडा भएपछि तपाईं पार्टनरसँग टाढा बस्नुहुन्छ भने यो तपाईंको सम्बन्धका लागि खतराको सूचक पनि हुनसक्छ ।

झगडा गरेपछि यसरी गर्नुहोस् पार्टनरसँग कुराः

झगडा गर्दा धेरै कुरा बिग्रन सक्छ तर यस्तो अवस्थामा तपाईं चुप नबसी पार्टनरसँग कुरा गर्ने कोसिस गर्नुहोस् । तपाईंहरु आरामसँग बसेर कुराकानी गर्नुहोस् र आफ्नो कुरामा विश्वास दिलाउने कोसिस गर्नुहोस् ।

झगडापश्चात् कतिलाई कुराकानीको पहल गर्न मन लाग्दैन । उनीहरुलाई लाग्छ कि यस्तो गर्दा उनीहरुको इज्जत कम हुनेछ । तर यदि तपाईंले झगडा पछि पार्टनरसँग कुरा गर्न पहलकदमी गर्नुहुन्छ भने तपाईंप्रति पार्टनरको इज्जत र माया थप बढ्ने गर्छ । यदि तपाईंकै कारण झगडा निम्तिएको हो भने तपाईंलाई आफ्नो गल्तीमा लज्जा भएको र आफ्नो गल्ती सुधार्न चाहे जसरी कुरा गर्नुहोस् ।

कतिपय मानिसहरु कुराकानीका लागि आफैं पनि पहल गर्दैनन् र कुनै कुराको लागि पार्टनरलाई दबाबमा पार्ने गर्छन् । याद गर्नुहोस्, पार्टनरलाई तपाईंले कुनै कुराका लागि पनि बाध्य पार्न सक्नुहुन्नँ । यदि यस्तो गर्नुहुन्छ भने तपाईंले यो बुझ्नुपर्छ कि तपाईंको सम्बन्ध टुट्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप