यौनसम्बन्धी विचित्रका तथ्यहरु
एउटा मानिसले ३० मिनेटसम्म सक्रिय यौनक्रिया गर्दा उसको शरीरबाट करिब २०० क्यालोरी उर्जा खर्च हुन्छ ।
एक मिनेटको चुम्बनले २६ क्यालोरी खर्च गर्छ ।
सन् २००८ मा औसत अमेरिकी पुरुषहरुको शुक्रकीटको संख्या सन् १९७८ को तुलनामा ३० प्रतिशत घटेको पाइएको थियो ।
अमेरिकीहरुले आफ्ना सुत्ने कोठापछि सबैभन्दा बढी यौनक्रिया गर्ने ठाउँ कार रहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
अमेरिकामा प्रत्येक ५ जनामा १ जना कामकाजी मानिसले आफ्ना सहकर्मीसँग यौनसम्बन्ध कायम गरेको हुन्छ ।
संसारभरिमा १ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन्, जसलाई कुनै पनि हालतमा विपरीत लिंगीसँग यौनाकर्षण नै हुँदैन ।
यौन क्षमता कमजोर हुनेहरुका लागि औषधीको रुपमा सन् १९९८ मा भियाग्राको चक्की बजारमा आएको थियो । त्यसबेला उक्त चक्कीको यति बढी माग भएको थियो कि बजारमा आएको तीन महिनाको छोटो अवधिमा मात्रै उक्त औषधी कम्पनीले ४१ करोड १० लाख अमेरिकी डलर नाफा गरेको थियो ।
वीर्यको मुख्य भूमिका भनेको सन्तानोत्पत्तिमा हुने गर्छ । तर विभिन्न अध्ययनहरुले के देखाएको छ भने वीर्यमा हुने प्रोटिनमा छालाको चाउरी हटाउने वा कम गर्ने तत्व पनि हुने गर्छ ।
मानिसमा बच्चा जन्माउनको लागि शुक्रकीट र अण्डाको जरुरत पर्दछ । एउटा वयस्क पुरुषको शरीरमा दैनिक करोडौं शुक्रकीटहरु उत्पादन भइरहेको हुन्छ । तर एउटा महिलामा भने एउटा निश्चित संख्यामा मात्र अण्डाहरु हुने गर्छ ।
एउटा छोरी जन्मेको बेलामा उनको शरीरमा करीब १० लाख अण्डाहरु हुन्छन् । तर वयस्क उमेरमा आइपुग्दा त्यो घटेर तीन लाख मात्रै हुन्छ । तीमध्ये पनि महिलाको प्रजनन कालमा ३०० देखि ४०० वटासम्म अण्डाहरु मात्रै गर्भाधानको लागि निष्काशन हुने गर्छ ।
औसत रुपमा मानिसले १९।२५ वर्षको उमेरमा मानिसले पहिलो पटक यौन सम्पर्क कायम गर्ने गर्छ ।
यौन सम्पर्कको मामिलामा एशियाली देशहरुभन्दा पश्चिमा देशहरु अगाडि छन् । एशियाली देशहरुको तुलनामा पश्चिमा देशका मानिसहरुले धेरै चाँडो कुमारित्व गुमाउने गर्छ ।
संसाभरिमा मानिसहरु औसत रुपमा प्रत्येक ३ दिनमा यौन सम्पर्क गर्ने गरेको आँकडाले देखाउँछ । धेरैलाई लाग्न सक्छ, अमेरिकीहरुले यो आँकडालाई उछिन्छ । तर ५३ प्रतिशत सक्रिय यौनजीवन बिताइरहेका अमेरिकीहरु चाहिँ हप्ताको १ पटक मात्रै यौनसम्पर्क राख्ने गर्छन् । २००८ को आँकडाअनुसार त्यसबेला एउटा मासिनले वार्षिक १०३ पटक यौन सम्पर्क राख्ने गथ्र्यो भने सन् २०१३ मा आइपुग्दा त्यो बढेर १२७ पटक पुगेको थियो ।
यौनक्रियाको दौरानमा इन्डोरफिन (Endorphin) निस्कने गर्छ, जसले अफिमले जस्तै आनन्दको अनुभूति दिने गर्छ । यो इन्डोरफिन आफैंले चाहिँ प्रभावकारी पीडानाशकको काम गर्छ । सम्भवतः यही कारण हुनुपर्छ ः यौनक्रिडाले मानिसहरुको टाउको दुखाइ, महिनावारीको दुखाइहरु कम हुने कुरा चिकित्साविज्ञानले पनि मानिसकेको छ ।
यौनक्रियाको दौरानमा पुरुष स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टाको हुने गर्छ । तर जब वीर्य योनीभित्र प्रवेश गर्छ, त्यो अति सुस्त हुन्छ । त्यसले महिलाको ६ इन्चको सर्भिक्स पार गर्न पाँच मिनेटको समय लगाउँछ भने वीर्यमा रहेको शुक्रकीट अण्डासम्म पुग्नको लागि ७२ घण्टासम्मको समय लाग्न सक्छ ।
सक्रिय यौनजीवन बिताउने मानिसहरुको आयु पनि लामो हुने देखिएको छ । हप्ताको कम्तिमा एक पटक यौन सम्पर्क गर्नाले मुटुको रोगको सम्भावना ३० प्रतिशत, डायबिटिजको सम्भावना ४० प्रतिशत र हृदयघातको सम्भावना ५० प्रतिशत घटाउँछ ।
कतिपय मानिसहरुले आफू वाइनको सेवनपछि यौनमा बढी सक्रिय हुने गरेको अनुभव गर्ने गर्छन् । वास्तवमा त्यो सत्य हो । वाइनको वासनाले महिला र पुरुष दुवैको यौनेच्छा बढाउने गर्छ । वाइनको वासना मानिसमा हुने यौनेच्छा जगाउने फेरोमोन जस्तै रसायनिक तत्व हुने गर्छ ।
चकलेटमा हुने कतिपय तत्वहरुले मानिसमा यौनेच्छा जगाउने गर्छ । कतिसम्म भनिन्छ भने त्यसको प्रभाव प्राक्क्रिडाको जस्तै हुने गर्छ । कतिपय विशेषज्ञहरु त के मान्छन् भने मानिसमा यौनेच्छा जगाउने सन्दर्भमा चकलेटको सेवन प्राक्क्रिडाभन्दा पनि बढी प्रभावकारी हुन्छ ।
प्रत्येक वर्ष अनुमानित १० अरब पुरुष कण्डोम प्रयोग हुने गर्छ ।
सबैभन्दा पहिला कण्डोम प्रयोग गर्ने श्रेय प्राचीन इजिप्टवासीलाई दिइन्छ । उनीहरुले जनावरको मुत्रथैली र आन्द्रालाई कण्डोमको रुपमा प्रयोग गर्ने गर्थे ।
कण्डोम पातलो भए पनि बलियो हुने गर्छ । एउटा औसत कण्डोमले ३।७ लिटरसम्म पानी थाम्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री