शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसारको पहिलो होटलः हरेक वर्ष बनाइन्छ, पाँच महिनापछि नदीमा विलिन हुन्छ (फोटोफिचर)

सोमबार, ०७ पुस २०७६, ०९ : १४
सोमबार, ०७ पुस २०७६

स्विडेनको आइस होटल । यो हरेक वर्ष शरद् ऋतुमा बनाइन्छ र पाँच महिनापछि नदीमा विलिन हुन्छ । सन् १९८९ मा पहिलो पटक बनेको होटलले यस वर्ष ३० औं वर्षगाँठ मनाइरहेको छ । त्यसकारण होटलका संस्थापक यंगवे बर्गक्विस्टले विशेष सुइट बनाएका छन् जसलाई १६ देशका ३३ कलाकारले एक हप्ताभित्रै तयार गरेका छन् ।

यहाँ १२ बेडरुम, आइस बार र लेपर्ड बनाइएको छ । यंगवे भन्छन्, ‘होटल आर्कटिक सर्कलभन्दा २ सय किलोमिटर टाढा टर्न नदीमा बनेको छ । यहाँको तापक्रम माइनस १८ देखि ४० डिग्रीसम्म हुन्छ । यहाँ हरेक वर्ष करिब ७० हजार मानिस छुट्टी मनाउन आउँछन् । होटलमा बरफका एक हजार ब्लक राखिएका छन् । हरेक ब्लकको तौल करिब साढे दुई टन छ ।’

Photo: ASAF KLIGER/COURTESY OF ICE HOTEL

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप