बीग बस १३ः अरहानले दिए सिद्धार्थमाथि एसिड फ्याँक्ने धम्की, दर्शकले कारवाहीको माग गरे
भारतीय रियालिटी शो बिग बसको १३ औं सिजन अहिलेसम्मकै खराब सिजनको रुपमा हेरिएको छ । हालै कार्यक्रमका सहभागी अरहान खान र सिद्धार्थ शुक्लाबीच भएको झगडाको क्रममा अरहानको धम्की शोका दर्शकलाई चित्त बुझेन । जसका कारण मानिसहरुले ट्वीटरमा मुम्बई पुलिस र कार्यक्रमका निर्मातालाई अरहानमाथि कारवाहीको लागि माग गरेका छन् ।
पुलिसलाई ट्याग गरिरहेका छन् प्रयोगकर्ताः
वास्तवमा कार्यक्रममा रश्मी देसाई र सिद्धार्थले विकेन्डको वार एपिसोडको क्रममा झगडा गर्दै एक अर्काको मुखमा चिया फ्याँकेका थिए ।
Arhan threatened @sidharth_shukla
— T|nn| b©$€ 💥 (@sarbose491) December 21, 2019
" Chai nahi seedha acid phekunga iske muh pe"@MumbaiPolice please arrest this criminal inside the @BiggBoss house.
He is threatning on national tv that he will throw acid on #SidharthShukla infront of @BeingSalmanKhan #BB13 #BiggBoss13 pic.twitter.com/OndwkYBqXU
कार्यक्रमको एउटा क्लिप भाइरल भइरहेको छ जसमा अरहानले भनिरहेका छन्, ‘चिया होइन, तेजाब नै फ्याँक्नेछु मुखमा । कुरा बुझेको हो ?’
एक प्रयोगकर्ताले लेखेका छन्, ‘ए, त्यसो भए सिद्धार्थको मुखमा अरहानले तेजाब फ्याँक्नेछन् ? सलमान यदि तपाईंले यो मुद्दा उठाउनुभएन भने साँच्चै तपाईं बिग बस होस्ट गर्न लायक हुनुहुन्नँ, अब कार्यक्रम छोडिदिनुहोस् । हामी हेर्न पनि छोड्छौं ।’
This statement of Arhaan should be taken very seriously. Most of the acid attack crimes have happened after the accused has threatened to do the same. Please arrest #ArhaanKhan #MumbaiPolice. This is very serious. He is saying on national television.
— AISI LARKI Pooja Modgil Taurean❤ (@PTaurean) December 22, 2019
अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो बयानलाई गम्भीरतापूर्वक लिनुपर्छ । थुप्रै एसिड आक्रमणको अपराध यस्तै प्रकारको धम्की पछि हुने गर्छ । मुम्बई पुलिस अरहानलाई पक्राउ गर्नुहोस् । यो निकै गम्भीर छ । उनी नेशनल टिभीमा बोलिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई