शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बीग बस १३ः अरहानले दिए सिद्धार्थमाथि एसिड फ्याँक्ने धम्की, दर्शकले कारवाहीको माग गरे

सोमबार, ०७ पुस २०७६, ०८ : ५३
सोमबार, ०७ पुस २०७६

भारतीय रियालिटी शो बिग बसको १३ औं सिजन अहिलेसम्मकै खराब सिजनको रुपमा हेरिएको छ । हालै कार्यक्रमका सहभागी अरहान खान र सिद्धार्थ शुक्लाबीच भएको झगडाको क्रममा अरहानको धम्की शोका दर्शकलाई चित्त बुझेन । जसका कारण मानिसहरुले ट्वीटरमा मुम्बई पुलिस र कार्यक्रमका निर्मातालाई अरहानमाथि कारवाहीको लागि माग गरेका छन् ।

पुलिसलाई ट्याग गरिरहेका छन् प्रयोगकर्ताः

वास्तवमा कार्यक्रममा रश्मी देसाई र सिद्धार्थले विकेन्डको वार एपिसोडको क्रममा झगडा गर्दै एक अर्काको मुखमा चिया फ्याँकेका थिए ।

कार्यक्रमको एउटा क्लिप भाइरल भइरहेको छ जसमा अरहानले भनिरहेका छन्, ‘चिया होइन, तेजाब नै फ्याँक्नेछु मुखमा । कुरा बुझेको हो ?’

एक प्रयोगकर्ताले लेखेका छन्, ‘ए, त्यसो भए सिद्धार्थको मुखमा अरहानले तेजाब फ्याँक्नेछन् ? सलमान यदि तपाईंले यो मुद्दा उठाउनुभएन भने साँच्चै तपाईं बिग बस होस्ट गर्न लायक हुनुहुन्नँ, अब कार्यक्रम  छोडिदिनुहोस् । हामी हेर्न पनि छोड्छौं ।’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो बयानलाई गम्भीरतापूर्वक लिनुपर्छ । थुप्रै एसिड आक्रमणको अपराध यस्तै प्रकारको धम्की पछि हुने गर्छ । मुम्बई पुलिस अरहानलाई पक्राउ गर्नुहोस् । यो निकै गम्भीर छ । उनी नेशनल टिभीमा बोलिरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप