टेलिभिजन प्रस्तोताले परेश रावललाई भने ‘इडियट’
नागरिकता संशोधन कानूनको विषयमा भारतमा आन्दोलन चर्किएको छ । बलिउडका सेलिब्रिटी पनि यो कानून फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । यसैबीच परेश रावलको एउटा ट्वीट अचानक चर्चामा आएको छ । यो ट्वीटमा उनले रोहिंग्याको कुरा उठाएपछि टेलिभिजन प्रस्तातो निखिल चिनापाले उनलाई ‘इडियट’ भनेका छन् ।
परेश रावलले आफ्नो उक्त ट्वीटमा लेखेका छन्, ‘म्यान्मारबाट भारत – १७६९ कि.मी । म्यान्मारबाट चीन – २ कि.मी । रोहिंग्या भारत किन आउन चाहन्छन् र चीन जान चाहँदैनन् । किनभने भारतजस्तै चीनमा कोही पनि बुद्धिजीवी र राष्ट्रविरोधी छैनन् जसले शरणार्थी रोहिंग्यको समर्थन गरुन् ।’
....Myanmar to India- 1769 kms
— Paresh Rawal (@SirPareshRawal) December 21, 2019
....Myanmar to China.- 2km
But,
Why the Rohingyas want to come to India?
and
not China?
Because Unlike India,
there are no seculars
no Intellectuals
no anti nationals no
in China, who support refugees
Rohingyas
परेश रावलको यो ट्वीटको निखिल चिनापाले जवाफ दिँदै लेखे, ‘के यी व्यक्ति कहिल्यै स्कूल गएका थिए ? के उनलाई भारत र उसका छिमेकीको नक्सा कस्तो देखिन्छ, त्यसबारे थाहा छ ? इडियटअलर्ट । म्यान्मारले मिजोरम, अरुणाचल, नागाल्याण्ड र मणिपुरसँग सीमा साझा गर्छ ।’
Did this guy ever go to school? Does he even know what the map of India and its neighbours looks like? #idiotalert
— Nikhil Chinapa (@nikhilchinapa) December 21, 2019
Myanmar shares borders with Mizoram, Arunachal, Nagaland and Manipur. https://t.co/PoP3ZDSXSu
स्मरण रहोस्, जामिया युनिभर्सिटीमा पुलिस कारवाहीपछि अनुराग कश्यप, परिणिती चोपडा, विक्की कौशल, ऋचा चड्डा, मनोज वाजपेयी, दीया मिर्जा, विशाल भारद्वाज, फरहान अख्तर, ऋतिक रोशनजस्ता कलाकारले पुलिस र मोदी सरकारको आलोचना गर्दै ट्वीट गरेका थिए । यस्तै, विवेक अग्निहोत्री, पायल रोहतगी, परेश रावल र अशोक पंडितजस्ता कलाकारले विरोध गरेकोमा प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
-
धनीहरूको क्लबमा ‘इगो प्रोब्लम’, शेष घले भर्सेस बद्री केसी !
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान
-
फिल्म उद्योगका मानिस चिन्न निर्माण क्षेत्रमा आउनुपर्ने रहेछ : नायिका ढुंगाना