भारतका पूर्व प्रहरी अधिकारीलाई हिंसा भड्काएको आरोपमा जेल सजाय

भारतको उत्तर प्रदेश पुलिसले गत १९ डिसेम्बरमा लखनउमा भएको हिंस्रक प्रदर्शनको मामलामा भारतीय प्रहरी सेवाका अवकाशप्राप्त प्रहरी अधिकारीलाई जेल सजाय तोकेको छ ।
१९ डिसेम्बरमा भएको हिंसामा अहिलेसम्म ४५ जनालाई पक्राउ गरेर जेल पठाइसकिएको छ जबकी अन्य व्यक्तिको खोजी जारी छ ।
हजरतगंजको पुलिस क्षेत्राधिकारी अभय कुमार मिश्रले यसबारे बीबीसी हिन्दीसँग कुराकानी गरेका छन् । उनले भने, ‘एस आर दारापुरीलाई हिंसा भड्काएको र षड्यन्त्र रचेको मामलामा धारा १२० बी अनुसार पक्राउ गरेर जेल पठाइएको छ । उनलाई शुक्रबार नै हिरासतमा नै लिइएको थियो र शनिबार जेल पठाइएको थियो । यो मामलामा गिरफ्तारीको क्रम अहिले जारी छ ।’
१९ डिसेम्बरमा नागरिकता संशोधन कानूनविरुद्ध थुप्रै संगठन र राजनीतिक दलले प्रदर्शनको आह्वान गरेका थिए । देशका विभिन्न इलाकामा भएको प्रदर्शनको क्रममा थुप्रै स्थानमा हिंसा भए र कति जना मारिएका पनि छन् ।
लखनउमा पनि परिवर्तन चोकमा प्रदर्शनको क्रममा वरिपरिको इलाकामा हिंसा भएको थियो । जसमा एक व्यक्तिको मृत्यु भयो भने धेरैजना घाइते भएका थिए ।
घाइते हुनेमध्ये प्रदर्शनकारीबाहेक थुप्रै पुलिसकर्मी र मिडियाका मानिसहरु पनि समावेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ