बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाको टोलीलाई पोखरामा स्वागत

आइतबार, ०६ पुस २०७६, २० : ५०
आइतबार, ०६ पुस २०७६

पोखरा । प्रदेशसभाबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ पोखरा आएको सुदूरपश्चिम प्रदेशसभाको टोलीलाई आइतबार पोखरामा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको छ ।
    
सुदूरपश्चिम प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङ नेतृत्वको १७ सदस्यीय टोलीलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्वागत गरेका थिए । भ्रमणले दुवै प्रदेशसभाले यस अवधिमा भए गरेका गतिविधि तथा अनुभव साटासाट गर्न महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।

 उक्त अवसरमा सङ्घीयताको कार्यान्वयनसँगै संसदीय अभ्यासका सम्बन्धमा भइरहेका अनुभव, काम कारवाहीलगातय विषयमा छलफल एवं अन्तक्र्रिया गरिएको थियो ।

छलफलमा उपसभामुख शर्माले गण्डकी प्रदेशसभामा अघिकांश विषय सर्वसम्मत् परित भएका अनुभव सुनाउँदै प्रदेशलाई समृद्ध र विकासको मार्गमा लैजान सबैको एकताबद्ध प्रयास भइरहेको बताए ।

भ्रमण टोली नेता प्रमुख सचेतक तामाङले एक हप्ते अध्ययन अवलोकनका क्रममा सङ्घमा राष्ट्रियसभा, प्रतिनिधिसभासहित प्रदेश नं– १, ३ र ५ को भ्रमण सम्पन्न गर्दै गण्डकी प्रदेश आएको जानकारी दिए ।

सबै प्रदेशसभा कानून निर्माणले गति लिनुका साथै विकास निर्माणमा क्रियाशील बनेका भ्रमणका क्रममा पाएको बताउँदै उहाँले सबैतिर सङ्घीयताको संस्थागत विकासको अभियान चलिरहेको उल्लेख गरे ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले सङ्घीयता नेपालका लागि नयाँ संरचना र अनुभव भएकाले भ्रमणले आन्तरिक पर्यटन प्रद्र्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप