शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी सैन्य गठबन्धनको अंग होइन, तत्काल पारित गर्नुपर्छ: रामशरण महत

आइतबार, ०६ पुस २०७६, १९ : ५९
आइतबार, ०६ पुस २०७६

काठमाडौं ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन् ।
उनले एमसीसीको मिलिटरीसँग कुनै सम्बन्ध नभएको बताउँदै भ्रममा नपर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे । रिपोटर्स क्लबमा पत्रकारहरुसँग साक्षातकारमा बोल्दै नेता महतले मुलुकको आर्थिक वृद्धिद्धर बढाउनको लागि एमसीसी अन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पु¥याउने बताए । उनले उक्त एमसीसी संघीय संसदबाट चाँडोभन्दा चाँडो पारित गर्न सरकारसमक्ष आग्रह समेत गरे ।

सन २००४ बाट अमेरिकी सरकारले निश्चित् शर्त र मापदण्ड पूरा गर्ने देशहरुलाई एमसीसी कार्यक्रम अन्तर्गत ५० करोड अमेरिकी डलर सहयोग गर्दै आएकाले सबै शर्त पुरा गरी सहयोग लिन ढिलाई गर्न नहुने बताए । फरक प्रसङ्गमा उनले काँग्रेसभित्र केही विवाद रहेको बताउँदै ती विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिए । उनले बहुमतको आधारमा अनुचित निर्णय गर्न नहुने भन्दै महाधिवेशनलाई मुख्य एजेण्डा बनाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप