बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनएमबी बैंकको पूर्वस्वीकृत शैक्षिक कर्जा– यस वर्गका योजनाहरूमै सर्वोकृष्ट

आइतबार, ०६ पुस २०७६, १८ : ५५
आइतबार, ०६ पुस २०७६

काठमाडौं– एनएमबी बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषताहरू सहित जीवन्त तुल्याएको छ, जसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ भने, १५ वर्षसम्मको अवधिका लागि सत प्रतिशत लगानी र ४ वर्षसम्मको थप बिलम्बकालीन/ऋण स्थगन अवधि (मोराटोरियम) पनि रहेको छ ।

बैंकले ग्राहक/विद्यार्थीहरूले विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्टट र परिस्कृत उपयोगीतामूलक प्रस्तावका साथ सहज रुपमा शैक्षिक कर्जा प्राप्त गर्न सहज हुन् भन्ने मुख्य उद्देश्यका साथ यी महत्वपूर्ण विशेषताहरू थपेको हो ।

बैंकले सत प्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि लगानी गर्नेछ । साथै, विदेशमा अध्ययनका लागि उनीहरूको प्रायोजकको दायरालाई पनि लचिलो तुल्याएको छ, जसमा बुवा वा आमाका हजुरबुवा–हजुरआमा, सासु–ससुरासहितका ससुराली परिवार तथा काका–काकी दुवैलाई प्रयोजकका रूपमा सामेल गर्न सकिने गरी दायरा फारकिलो पारिएको छ । 

यसका साथै ऋणको अवधि बढाएर १५ वर्ष पु¥याइएको छ, जहाँ ऋण स्थगन अवधि कम्तिमा ४ वर्ष वा पूरै पाठ्यक्रम अवधिसम्म कायम गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप