सिभिल बैंक एजीएमः ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं– सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा पौष ६ गते सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७% का दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार सात सय एक रुपैया अन्ठाउन्न पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।
साथै सभाले आ.व. २०७६/०७७ को लेखापरिक्षण गर्नको लागि एनवीएसएम एण्ड एसोशियटलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०२ र एटियम संख्या ७६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
-
चर्चित ब्राजिलियन खेलाडी कार्लोस एनएसएल हेर्न दशरथ रंगशालामा (तस्बिरहरु)