शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित ४ विदेशी नागरिक पक्राउ

आइतबार, ०६ पुस २०७६, १८ : ३७
आइतबार, ०६ पुस २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बेलारुसका एबी २७१२०६० नम्बर राहदानी भएका २१ वर्षीय पाभेल भेसिलयु र राहदानी नम्बर केएच २४६४४२६ भएकी २१ वर्षीया एलिना एल्डोसाइनाला पक्राउ परेका हुन् ।

उनीहरुको साथमा रहेको सुटकेशहरु चेकजाँच गर्दा पाभेलको साथबाट तीन किलो र एलिनाको साथबाट तीन किलो गरी जम्मा ६ किलो कोकिन सहित नियन्त्रणमा लिइएको हो । उनीहरुले सुटकेशभित्र ज्याकेटमा फल्स बटन बनाएर कोकिन लुकाएका थिए ।

उनीहरुकै बयानका आधार लाजिम्पाटमा रहको होटल लास्ट गार्डेनको कोठा नम्बर ३०४ बाट २ जना वोलिभियाका नागरिकहरुलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बोलिभियाका रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज रहेका छन् । उनीहरुमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप