शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिग ब्यास लिग : सन्दीपको टोली मेलबर्नको दोस्रो जीत

आइतबार, ०६ पुस २०७६, १३ : ०८
आइतबार, ०६ पुस २०७६

काठमाडौँ । नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टोली मेलबर्न स्टारर्सले लगातार दोस्रो जीत निकालेको छ । मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको हो ।

जीतका लागि मेलबर्नले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेकोमा होबार्टले १६ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ११ रन बनाउन सक्यो ।

मेलबर्नलाई जीत दिलाउन ह्यारिस राउफले ५ विकेट लिए । त्यस्तै, ग्लेन म्याक्सवेल र एडम जाम्पाले २–२ विकेट लिए ।

३ ओभर बलिङ गरेर १८ रन खर्चेका सन्दीपले क्यालेब ज्वेलको महत्तवपूर्ण विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको मेलबर्नका लागि मार्कस स्टोइनिसले विस्फोक ब्याटिङ गर्दै नटआउट रहेर ५४ बलमा ८१ रन बनाएका थिए । ४० रन बनाएका निक म्याडिसनसँग मिलेर उनले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

मेलबर्नले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनायो ।

पहिलो खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हराएको थियो । दोस्रो जीतसँगै मेलबर्न ४ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

यता, सन्दीपले दुई खेलमा दुई विकेट लिन सफल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप