चार वर्षको छोरालाई अजिंगरले घिसारेर जंगलतिर लग्दै गरेको देखेपछि...

एक चार वर्षका बालकलाई १५ फुटको स्क्रब अजिंगरले घरको पछाडि रहेको जंगलमा घिसारेर लाने प्रयास गरेको डेलीमेलले बताएको छ ।
क्लिफोर्ड थोम्पसनलाई गत हप्ता अजिंगरको खतरनाक आक्रमणपछि अस्पताल पुर्याइएको छ । उनलाई ठूलै चोट लागेको छ ।
उनका बुवा उत्तरी क्विन्सल्याण्डको एर्ली बीचस्थित नयाँ घरमा भर्खरै सरेका थिए । घटना हुँदा उनले हाउसवार्मिङ पार्टी होस्ट गरिरहेका थिए ।
‘घरमा अन्य सदस्य पनि थिए । पुलमा अन्य ६ बालबालिका पनि थिएँ र हामीले उनीहरुमाथि निगरानी राखिरहेका थियौं,’ थोम्पसनले डेली मेल अष्ट्रेलियालाई बताए ।
‘त्यसपछि मैले घर पछाडिबाट बच्चा चिच्याएको सुनेँ । यताउती हेरेपछि एउटा अजिंगरले आफ्नो मुख मेरो छोराको खुट्टामा गाडिरहेको देखेँ ।’
उनका छोरा क्लिफोर्ड थम्पसनले अजिंगरले घिसारिरहेका बेला रेलिङ समातिरहेका थिए ।
‘यदि म त्यहाँ नभएको भए अजिंगरले मेरो छोरालाई मारिसक्थ्यो ।’
थम्पसनका अनुसार उनी हतारहतार गएर अजिंगरलाई बेस्सरी टाउकोमा मुड्कीले हाने, त्यसपछि मात्र अजिंगरले उनको छोरालाई छोड्यो ।
‘त्यसको केही सेकेन्डभित्रै अजिंगरले छोरालाई पुनः टोक्यो त्यसकारण मैले अजिंगरलाई घाँटीमा समातेँ र त्यसको मुख च्यातिदिएँ,’ उनले भने ।
जब अजिंगरले छोरालाई पुनः आक्रमण गर्यो तब उनले घरभित्रका मानिसलाई हतियार ल्याउ भनेर चिच्याए ।
त्यसपछि उनका साथीले अजिंगरलाई हम्मरले हमला गरेर मारे ।
‘यदि त्यो अजिंगरले मेरो पहिलो मुक्कामा छोरालाई छोडिदिएको भए मैले त्यसलाई जान दिन्थेँ होला तर त्यो यत्ति धेरै रिसाएको थियो कि मेरो घरसम्म आइपुगेको त्यो अजिंगरलाई मैले छोडिनँ,’ उनले भने ।
‘मेरी तीन वर्षीया छोरी पनि छिन् । हामी खुसी छौं कि यसले उसलाई छोएन ।’
लगभग पाँच मिनेटको संघर्षमा उनको छोराको खुट्टामा ठूलै चोट लागेको छ । अजिंगरले टोकेको ठाउँमा केही दाग पनि छन् ।
शुक्रबार बिहान उनको घाउको शल्यक्रिया भएको छ । क्लिफोर्डलाई अहिले एन्टीबायोटिक्स दिइएको छ र चाँडै नै निको हुने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !