शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानिसको कपालभन्दा पनि पातलो संसारको सबैभन्दा सानो घर, पछिल्लो रेकर्डभन्दा ५० % सानो

आइतबार, ०६ पुस २०७६, १० : ०३
आइतबार, ०६ पुस २०७६

क्यानडाको माइक्रोस्कोप विशेषज्ञ ट्रेविस केसग्रेन्डले मानिसको कपालभन्दा पनि पातलो घर बनाएका छन् । यो संसारको सबैभन्दा सानो घर हो जसलाई इलेक्ट्रोन माइक्रोस्कोपको मद्दतले तयार गरिएको छ । यो घरमा चिम्नी, झ्याल, ढोका पनि छ । यसलाई जिन्जरब्रेड हाउस नाम दिइएको छ ।

सन् २०१८ मा संसारको सबैभन्दा सानो घरको रेकर्ड फ्रान्सको नाममा छ तर जिन्जरब्रेड हाउसको आकार पछिल्लो घरको तुलनामा ५० प्रतिशत सानो भएको माइक्रोस्कोप विशेषज्ञले दाबी गरेका छन् ।

घर निकै सानो छ त्यसकारण इलेक्ट्रोन माइक्रोस्कोपको मद्दतलै नै यो सम्भव हुन सकेको हो । इलेक्ट्रोनको वेव लेन्थ प्रकाशभन्दा १ लाख गुणा कम हुन्छ त्यसकारण सानोभन्दा सानो वस्तुलाई पनि ठूलो आकारमा देख्न सकिन्छ । ग्यालियम आयनको किरणको मद्दतले घरका स–साना भागलाई आकार दिइएको हो ।

माइक्रोस्कोप विशेषज्ञ ट्रेविस केसग्रेन्डले जिन्जरब्रेड हाउसलाई म्याकमास्टर युनिभर्सिटीको समूहसँग मिलेर तयार गरेका हुन् । सन् २०१७ मा ट्रेविसले एउटा सिक्कामा क्यानडाको झण्डा बनाएका थिए जसलाई मुश्किलले आँखाले देख्न सकिन्थ्यो । ट्रेविसका अनुसार यस्तो प्रकारको प्रोजेक्टले बच्चा र ठूलामा विज्ञानप्रति जिज्ञासा जगाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप