बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्विंकल खन्नाले प्याजको झुम्का लगाएर सेयर गरिन् तस्बिर, अक्षय कुमारले दिएका थिए उपहार

आइतबार, ०६ पुस २०७६, ०९ : १२
आइतबार, ०६ पुस २०७६

ट्विंकल खन्नाले प्याजको झुम्का लगाएर इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गरेकी छिन् । तस्बिर सेयर गर्दै ट्विंकलले लेखेकी छिन्, ‘मलाई खुसी लागेको छ कि मैले यो अनमोल उपहार लगाउने मौका पाएँ जुन एक सुटिङपछि अंकुरित हुनुअघि नै घर ल्याइएको थियो ।’

अक्षयले उपहारमा दिएका थिए झुम्काः

प्याजको मूल्य नेपाल र भारतमै आकासिएको छ । यस्तोमा अक्षयले ट्विंकललाई प्याजको झुम्का उपहारमा दिएर अचम्मित पारिदिएका थिए । ट्विंकलले झुम्काको तस्बिर सेयर गर्दै लेखेकी थिइन्, ‘मेरा श्रीमानले द कपिल शर्मा शोबाट फर्किएपछि भने, ‘उनीहरुले यो करिनालाई देखाए, उनी यसबाटै खासै प्रभावित भएको मलाई लागेन तर यो तिमीलाई राम्रो लाग्छ भनेर सोचेँ र ल्याएँ ।’ कहिलेकाँही स–साना कुराले पनि मन छुन सक्छ ।’

करिनाको तस्बिर पनि सार्वजनिक भएको थियोः

केहि दिन अघि प्याजको झुम्कासहित करिना कपुर खानको तस्बिर पनि सार्वजनिक भएको थियो । फिल्म ‘गुड न्यूज’ को प्रोमोशनका लागि हालै करिना कपुर खान, अक्षय कुमार, कियारा आडवाणी र दिलजीत दोसांझ द कपिल शर्मा शोमा पुगेका थिए । कार्यक्रममा कपिलले करिनालाई प्याजको झुम्का देखाउँदा उनी बेस्सरी हाँसेकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप