दबंग थ्रीः ६ वर्षमा सलमान खानको दोस्रो खराब ओपनिङ, यस्तो छ १० वर्षको फिल्मको रेकर्ड

बलिउड सुपरस्टार सलमान खानको यो वर्षको दोस्रो फिल्म दबंग–थ्री रिलिज भइसकेको छ । शुक्रबार रिलिज भएको फिल्मलाई दर्शकले राम्रै तरिकाले स्वागत गरे तर यसपटक यो फिल्मले सलमान खानको पुराना फिल्मले झैं खासै राम्रो प्रदर्शन गर्न सकेन । हुन त सलमान खानका फिल्मले ओपनिङ डेमा नै ४० करोडसम्मको कलेक्सन गरिसकेको छ तर यसपटक गति अलि ढिलो छ ।
स्मरण रहोस् दबंग–थ्रीले पहिलो दिन २४.५ करोडको कमाई गरेको छ जुन निकै राम्रो कलेक्सन हो । यद्यपि, यदि सलमान खानका अन्य फिल्मसँग यसको तुलना गर्ने हो भने सलमानले यसपटक विशेष प्रदर्शन गर्न असफल रहे । यो पछिल्लो ६ वर्षमा दोस्रो खराब ओपनिङ हो । यसअघि सन् २०१७ मा रिलिज भएको ‘ट्युबलाइट’ ले पछिल्लो दिन २१.१५ करोडको कलेक्सन गरेको थियो जबकी अन्य फिल्मले २५ करोडको आँकडा पार गरेको थियो ।
यदि सलमान खानको पछिल्लो १० वर्षको कुरा गर्ने हो भने उनका फिल्मले राम्रो प्रदर्शन गर्यो जसमा ‘प्रेम रतन धन पायो’ ले पहिलो दिन नै ४०.३५ करोड कमाई गरेको थियो । त्यसपछि सुल्तानले ३६.५४ करोड र ‘टाइगर जिन्दा हे’ ले ३४.१० करोडको ओपनिङ गरेको थियो । सलमान खानको १० वर्षको अवधिमा रिलिज भएका फिल्मले कस्तो प्रदर्शन गर्यो त्यसबारे जानकारी लिऔं ।
सन् २०१०ः वीर – ७ करोड
सन् २०१०ः दबंग – १४.५० करोड
सन् २०११ः रेड्डी – १३.१५ करोड
सन् २०११ः बडीगार्ड – २१.६० करोड
सन् २०१२ः एक था टाइगर – ३२.९३ करोड
सन् २०१२ः दबंग टु – २१.१० करोड
सन् २०१३ः जय हो – १७.७५ करोड
सन् २०१४ः किक – २ट.४० करोड
सन् २०१५ः बजरंगी भाइजान – २७.२५ करोड
सन् २०१५ः प्रेम रतन धन पायो – ४०.३५ करोड
सन् २०१६ः सुल्तान – ३६.५४ करोड
सन् २०१७ः ट्युबलाइट – २१.१५ करोड
सन् २०१७ः टाइगर जिन्दा हे – ३४.१० करोड
सन् २०१८ः रेस – २९.१७ करोड
सन् २०१९ः भारत – ४२.३० करोड
सन् २०१९ः दबंग – २४.५० करोड
केही अनुमानका अनुसार दबंग थ्रीको कलेक्सनमा नागरिक संशोधन कानूनको विषयमा भइरहेको विरोध प्रदर्शनका कारण पनि निकै असर परिरहेको छ । विरोध प्रदर्शनबाट करिब २०–२५ प्रतिशत कलेक्सनमा असर परिररहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सुझाव
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना
-
५ वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउन सरकारलाई सुझाव
-
सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
-
भन्सारमा हुने चोरी पैठारी रोक्न करमाथि पुनर्मुल्याङ्कन गर्न सुझाव