बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दबंग थ्रीः ६ वर्षमा सलमान खानको दोस्रो खराब ओपनिङ, यस्तो छ १० वर्षको फिल्मको रेकर्ड

आइतबार, ०६ पुस २०७६, ०८ : ४४
आइतबार, ०६ पुस २०७६

बलिउड सुपरस्टार सलमान खानको यो वर्षको दोस्रो फिल्म दबंग–थ्री रिलिज भइसकेको छ । शुक्रबार रिलिज भएको फिल्मलाई दर्शकले राम्रै तरिकाले स्वागत गरे तर यसपटक यो फिल्मले सलमान खानको पुराना फिल्मले झैं खासै राम्रो प्रदर्शन गर्न सकेन । हुन त सलमान खानका फिल्मले ओपनिङ डेमा नै ४० करोडसम्मको कलेक्सन गरिसकेको छ तर यसपटक गति अलि ढिलो छ ।

स्मरण रहोस् दबंग–थ्रीले पहिलो दिन २४.५ करोडको कमाई गरेको छ जुन निकै राम्रो कलेक्सन हो । यद्यपि, यदि सलमान खानका अन्य फिल्मसँग यसको तुलना गर्ने हो भने सलमानले यसपटक विशेष प्रदर्शन गर्न असफल रहे । यो पछिल्लो ६ वर्षमा दोस्रो खराब ओपनिङ हो । यसअघि सन् २०१७ मा रिलिज भएको ‘ट्युबलाइट’ ले पछिल्लो दिन २१.१५ करोडको कलेक्सन गरेको थियो जबकी अन्य फिल्मले २५ करोडको आँकडा पार गरेको थियो ।

यदि सलमान खानको पछिल्लो १० वर्षको कुरा गर्ने हो भने उनका फिल्मले राम्रो प्रदर्शन गर्यो जसमा ‘प्रेम रतन धन पायो’ ले पहिलो दिन नै ४०.३५ करोड कमाई गरेको थियो । त्यसपछि सुल्तानले ३६.५४ करोड र ‘टाइगर जिन्दा हे’ ले ३४.१० करोडको ओपनिङ गरेको थियो । सलमान खानको १० वर्षको अवधिमा रिलिज भएका फिल्मले कस्तो प्रदर्शन गर्‍यो त्यसबारे जानकारी लिऔं ।

सन् २०१०ः वीर – ७ करोड

सन् २०१०ः दबंग – १४.५० करोड

सन् २०११ः रेड्डी – १३.१५ करोड

सन् २०११ः बडीगार्ड – २१.६० करोड

सन् २०१२ः एक था टाइगर – ३२.९३ करोड

सन् २०१२ः दबंग टु – २१.१० करोड

सन् २०१३ः जय हो – १७.७५ करोड

सन् २०१४ः किक – २ट.४० करोड

सन् २०१५ः बजरंगी भाइजान – २७.२५ करोड

सन् २०१५ः प्रेम रतन धन पायो – ४०.३५ करोड

सन् २०१६ः सुल्तान – ३६.५४ करोड

सन् २०१७ः ट्युबलाइट – २१.१५ करोड

सन् २०१७ः टाइगर जिन्दा हे – ३४.१० करोड

सन् २०१८ः रेस – २९.१७ करोड

सन् २०१९ः भारत – ४२.३० करोड

सन् २०१९ः दबंग – २४.५० करोड

केही अनुमानका अनुसार दबंग थ्रीको कलेक्सनमा नागरिक संशोधन कानूनको विषयमा भइरहेको विरोध प्रदर्शनका कारण पनि निकै असर परिरहेको छ । विरोध प्रदर्शनबाट करिब २०–२५ प्रतिशत कलेक्सनमा असर परिररहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप