सन् २०१९ मा मेस्सीको ५० औँ गोल, बार्सा यो वर्ष घरेलु मैदानमा अपराजित

एजेन्सी । सन् २०१९ मा लियोनेल मेस्सीले ५० औँ गोल पूरा गर्दा बार्सिलोनाले आलाभेसमाथि ४–१ को सहज जित हासिल गरेको छ । योसँगै बार्सा यो वर्ष आफ्नो घरेलु मैदानमा अपराजित रहन सफल भएको छ ।
क्लब र देशका लागि मेस्सीले ५० गोल गरेको पछिल्ला १० वर्षमा नवौँ पटक हो । सन् २०१९ मा मेस्सीले ३२ लिग खेलमा ३४ गोल गर्दै शीर्ष पाँच लिगमा सर्वाधिक गोलकर्ता रहेका छन् ।
खेलमा लुइस सुवारेजले तीनवटा गोलको अवसर सृजना गरेका थिए । जीतसँगै एक खेल कम खेलेको रियल म्याड्रिडभन्दा बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।
खेलमा एन्टोनी ग्रिजमानले बर्सालाई १४ औँ मिनेटमा अग्रत दिलाएका थिए । पहिलो हाफको अन्त्यमा एलेक्सिस भिडालले बार्सिलोनाके अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा पेरे पोन्सले आलाभेसका लागि एक गोल फर्काए पनि मेस्सीले २५ यार्ड टाढाबाट गोल गर्दै पुनः बार्साको अग्रता दोब्बर बनाए । खेलको ७५ औँ मिनेटमा लुइस सुवारेजले पेनाल्टीबाट गोल गर्दै बार्साको जीत सुनिश्चित गरे ।
बार्सिलोनाले सन् २०१९ मा आफ्नो घरेलु मैदानमा खेलिएका खेलहरु मध्ये २४ मा जीत र चारमा बराबरी गरेको छ । सन् २०११ पछि बार्सिलोना एक वर्ष घरेलु मैदानमा अपराजित रहेको यो पहिलो अवसर हो ।
रियलले आइतबार एथ्लेटिक बिल्बाओलाई ६ गोलको अन्तरले हरायो भने मात्र बार्सिलोनालाई शीर्ष स्थानमा उछिन्नेछ ।
पछिल्ला ११ खेलमा अपराजित बार्सिलोनाको १८ खेलबाट ३९ अंक रहेको छ । उता, आलाभेस भने पछिल्लो ५ खेलमा जीतविहीन रहेको छ ।
शनिबार रातिनै भएको अर्को खेलमा सेभिल्लाले मालोर्कालाई २–० गोलले हराएको छ । जितसँगै तेस्रो स्थानमा उक्लिएको सेभिल्लाले ३४ अंक बनाएको छ । अर्को भिल्लायिरलले गेटाफेलाई १–० गोलले हरायो । इबरले ग्रानाडालाई ३–० गोलले हरायो भने भ्यालेन्सिया र रियल भालाडोलिडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध