डोनाल्ड ट्रम्पको महाभियोगसँग जोडिएका हरेक प्रश्नको जवाफ
अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्जेटिभ’ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ । अब यो मद्दा अर्को महिना माथिल्लो सदनमा जानेछ । त्यहाँ महाभियोगको पक्षमा दुई तिहाइ बहुमत मत प¥यो भने ट्रम्प राष्ट्रपति पदबाट हट्नेछन् ।
तर माथिल्लो सदनमा ट्रम्पको पार्टी रिपब्लिकनकै बहुमत छ । यस्तोमा राष्ट्रपति पदबाट ट्रम्प हटाइने सम्भवना न्यून छ । डोनाल्ड ट्रम्प महाभियोग सामना गर्ने अमेरिको तेस्रो राष्ट्रपति हुन् । अब महाभियोगको बाँकी काम सिनेटमा हुनेछ ।
तर महाभियोग सफल रह्यो भने के हुनेछ ? महाभियोग लाग्यो भने ट्रम्प पुन राष्ट्रपतिमा उठ्न सक्छन् ? यस्ता धेरै प्रश्न छन् जसको जवाफ यहाँ दिइएको छ ।
सिनेटमा ट्रम्पविरुद्धको कारबाही कहिलेबाट सुरु हुन्छ ?
स्पष्ट रुपमा अहिले केही पनि तय भएको छैन । जनवरीको दोस्रो हप्ता सिनेटको हिउँदे अधिवेशन अन्त्य हुनेछ । आम सहमति यो छ कि दोस्रो हप्ताको सुरुमा ट्रम्पविरुद्ध जाँच शुरु हुन सक्छ । डेमोक्रेटिक पार्टीका नेता चक शूमरले माथिल्लो सदनमा यस्तो अनुरोध गरेका थियो ।
सिनेटका रिपब्लिकन नेता मिच म्याककोनल यस मागलाई स्वीकार्न सक्छन् तथापि उनका अन्य मागहरु अस्वीकार हुन पनि सक्छ ।
यदी ट्रम्पविरुद्धको महाभियोग सफल भयो भने सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा के असर हुन्छ ?
महाभियोगले आगामी निर्वाचनमा के असर गर्नेछ भन्ने पनि अझै स्पष्ट छैन । तर रिपब्लिकन पार्टीको भनाईमा यसले तिनलाई फाइदा गर्नेछ । तिनको विश्वासमा अफ्ठ्यारो अवस्थामा तिनका कार्यकर्ता पार्टीको साथमा उभिनेछन् । त्यसले गर्दा चुनावलाई आवश्यक धेरैभन्दा धेरै रकम संकलन हुनेछ ।
उता डेमोक्रेटिक पार्टीको भनाइमा महाभियोग राष्ट्रपतिको ट्रम्पको लागि दाग समान हुने भएकाले त्यसले चुनावमा रिपब्लिकनलाई असर गर्नेछ ।
यदी ट्रम्पलाई पदबाट हटाइयो र उप–राष्ट्रपति पेन्स राष्ट्रपति बने भने के उनले ट्रम्पलाई उप–राष्ट्रपति बनाएर आफ्नो पदबाट राजिनामा दिन सक्छन् ? के छ कानुन ?
संविधानले यसलाई नरोकोले यो विकल्पनि पनि सम्भव छ । तर अफ्ठ्यारो तब आउनेछ महाभियोगपछि राष्ट्रपति बनेका माइक पेन्सले डोनाल्ड ट्रम्पलाई उप–राष्ट्रपति चुन्न संसदको दुवै सदनबाट स्वीकृति आवश्यकता हुन्छ ।
तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ र स्वकृति हासिल गर्नु माइक पेन्सको लागि अफ्ठ्यारो हुन्छ । यो पनि हुन सक्छ कि माथिल्लो सदन अर्थात सिनेटले महाभियोगपछि डोनाल्ड ट्रम्पलाई भविष्यमा कुनै पनि पदमा नियुक्त गर्नबाट रोक लगाउन सक्छ । यदि तोकेर त्यसो भनियो भने सबै मार्ग बन्द हुनेछ ।
तर यदि सिनेटले त्यस्तो खालको रोक लगाएन भने माइक पेन्सले ट्रम्पलाई उप–राष्ट्रपति बनाउन सक्छन् ।
सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ र त्यो सदनले पक्कै पनि आफ्नो दलका राष्ट्रपतिलाई पदबाट हटाउने छैन । त्यस्तोमा यो सबै किन गरियो ?
यसको पछाडि स्पष्ट रुपमा राजनीति देखिन्छ । डेमोक्रेटिक पार्टी राष्ट्रपतिलाई जवाफदेही ठह¥याउन चाहन्थ्यो र त्यसमार्फत उ राजनीतिक प्रभाव बलियो बनान चाहन्थ्यो । यो एक हिबासले सत्ता कमजुरी पनि हो ।
डमोक्रेटिकहरु ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेर प्रतिद्वन्दीविरुद्ध जाँच गराउन यूक्रेनको राष्ट्रपतिमाथि दबाब हालेको साबित गर्न चाहन्छन् ।
यदि तिनले यस्तो गर्दैन थे भने निश्चित रुपमा ट्रम्प आगामी केही कदम उठाउथें जसमार्फत डेमोक्रेटिक पार्टीले सन् २०२० को चुनावमा हार बेहोनुपर्ने हुन सक्छ । डेमाक्रेटिक पार्टी यदि चुप रहन्छ भने यो कार्यकर्ताहरुलाई हतोत्साहित गथ्र्यो र तिनको मनोबल कम गथ्र्यो ।
यदी ट्रम्पमाथि महाभियोग चल्यो तर सिनेटले उनलाई दोषी ठह¥याएन भने के उनी आगामी चुनाव लड्न सक्छन् ?
डोनाल्ड ट्रम्प निश्चित रुममा आगामी चुनाव लड्न सक्छन् । महाभियोगले राष्ट्रपतिलाई राजनीतिक रुपबाट नोक्सान पु¥याउन सक्छ तर सिनेटले कानुनी रुपबाट उनलाई चुनाव लड्नबाट रोक्न सक्दैन ।
महाभियोग मुद्दामा राष्ट्रपति विरुद्ध जाँचको अगुवाई कसले गर्छ, सर्वोच्च अदालतका मुख्य न्यायाधिश वा संसदको जुरी ? अमेरिकाको सर्वोच्च अदालतका मुख्य न्यायाधिश संबैधानिक रुपमै सिनेटको महाभियोग जाँचको लागि गठित निकायको अधिकारी हुन्छन् ।
जाँचको रुपरेखाको लागि पहिले सिनेटमा मतदान गरिन्छ । त्यसपछि मुख्य न्यायाधिश जोन रोबट्स दिनप्रति दिनको कारबाहीको नेतृत्व गर्नेछन् । एक महत्वपूर्ण कुरा, यदि रिपब्लिकन पार्टीका १ सय सांसद चाहन्छन् भने जति खेर पनि जाँचको नियमलाई बदल्न सक्छन् ।
ट्रम्पले कानुन तोडेका छन् र तल्लो सदनले महाभियोगको लागि स्वीकृति दिइसकेको छ । तर यस्तोमा सिनेटले ट्रम्पलाई बचायो भने यो न्याय कसरी भयो ?
शायद न्यायसँग यसमा कुनै लिनुदिनु छैन । सन् १७८७ मा संविधान लेख्ने अमेरिकाका संस्थापकहरुले सहमतिमबाट महाभियोग लगाउने र हटाउने प्रक्रियालाई राजनीतिक प्रक्रिया भनेर उल्लेख गरेका थिए ।
राजनेताले नै राष्ट्रपतिलाई हटाउनेबारे प्रस्ताव ल्याउन सक्छन् । अमेरिकी लोकतान्त्रिक व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सामेल छ । संविधान निर्माताहरुले यीमाथिको निरंकुशतालाई लगाम लगाउन यो व्यवस्था सुरु गरेका थिए ।
महाभियोगले राष्ट्रपतिलाई जवाफदेही बनाउँछ । तर यसले न्याय सुनिश्चित गर्छ कि गर्दैन भन्ने वहसको विषय छ ।
के सिनेटको सांसदहरुले पार्टी लाइनमै गएर मतदान गर्छन् वा ती स्वतन्त्र मत दिन सक्छन् ?
प्रत्येक सिनेटरलाई आफ्नो विवेकको आधारमा कसलाई मत दिने भन्ने अधिकार छ । यस आधारमा ती स्वतन्त्र हुन्छन् । यही कारण तल्लो सदनमा । डेमोक्रेटिक पार्टीका दुई सदस्यले महाभियोगविरुद्ध मत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी