शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरजातीय प्रेम सम्बन्धको परिणाम : विचल्लीमा सुत्केरी, चन्दा उठाउँदै छिमेकी

शनिबार, ०५ पुस २०७६, १४ : ४८
शनिबार, ०५ पुस २०७६

बुटवल ।  एक त यो चिसो मौसम ।  त्यसमाथि कोठै अगाडि बडिगाड खोलाको सिरेठो चल्छ चौबिसै घण्टा । एउटा घरको भुँईतलाको  कच्ची चिसो कोठाको   भुँईमा एउटा गुन्द्रमा सामन्य डसना ओछाएर सुतेकी छन् एउटी सुत्केरी । च्वाँच्वााँ...रोई रहेको सुनिन्छ उनकी नवजात शिशु ।

 उनको घर होइन त्यो । मजदुरी गर्दागर्दै बाटैमा सुत्केरी ब्याथा लाग्यो ।  देख्नेहरुले उठाएर नजिकैको स्वास्थ्य चौकीमा लगे । धन्न  धेरै टाढा लैजानु परेन  । त्यही उनी सुत्केरी भइन र  माथी घरमा  खानेकुरा लगायतको सुुत्केरी पोषणको ब्यवस्था  खासै  केही नभएकोले  बजारको एक छेउमा स्थानीयले डेरा खोजेर राखी दिए ।

त्यस कोठामा पनि खाने कुरा केही  थिएन । त्यही बजार वरपरका दिदी बहिनीले आ–आफ्नो घरबाट खाना बोकरे ल्याउँदै उनको जसोतसो विहान बेलुकाको गुजरा चलाई दिएका छन् ।    कतिपयले नगद चन्दा त कतिपयले मानो उठाउँदै पनि  छन् ।   यो गुल्मीको ईन्द्रगौडा बजारस्थित  दलित समुदायकी एक चेलीको बिचल्लीको कथा हो । मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरमा पर्दछ । त्यहाँका  सबै समुदाय धनभन्दा बढि मन भएका रहेछन् ।

फलस्वरुपः मंसिर २३ गतेका दिन आँपचौरको अमलावोटस्थित घर नजिकै काम गर्दागर्दै ब्याथा लाग्यो  दलित समुदायकी चेली २२ बर्षीया विपना सावतलाई ।  त्यसपछि उनलाई तल ईन्द्रेगौडासम्मका दिदी बहिनीहरुले भुवाचिदी स्वास्थ्य चौकीमा पुराए । उसै दिन त्यहाँ उनी सुत्केरी भइन् ।

छोरीको जन्म दिएकी उनलाई तल ईन्द्रेगौडा बजारस्थित शिव सुनारको  घरमा कोठा खोजेर राखिएको छ । सुत्केरी हुनको पहिलो दिन ज्वानाको झोल (रस ) सँग भात खाएकी हुँ । सुत्केरी भएको आज ( शनिवार )  १६ औं दिनको विहान घरबेटीले कुखराको मासुसित ल्याई दिएर भात खाएँ, ’ विपनाले भनिन् , ‘ यसअघि दुई छाक बाख्राको र दुई छाक कुखराको मासुसँग भात खाएँकी थिएँ ।’ 

 

यस अवधिमा ३१ छाक खानमा पाँच छाक मात्रै उनले मासुसँग खान खाइन् । बाँकी सुख्खा झोल सँग । पौष्टिक आहराको कमीले पनि उनकी नवजात शिशु बढि रोइरहने र शारीरिक बृद्धि कम भएको देखिन्छ । शुक्रबार सांझ करिव ७ बजेतिर ईन्द्रेगौडाकी शारदा भण्डारीले थालमा भात र तातो झोल पदार्थ बोकेर सुत्केरीको कोठामा ल तातै खाउ  भनेर दिदै थिइन् ।

आज शनिबार विहानै सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न सदा झैं  सोही घर अगाडिकी मैना सुनार आई पुगेकी थिइन् ।  यसरी उनको खानपिन हेरचाहमा मैना सुनार, शारदा भण्डारी, गिता अधिकारी, गिता खराल र  ललिता सुर्शवंशीलगायतका केहि पुरुषहरु नियमित खटिरहेका छन् ।

तर थाहा पाएर पनि वडाध्यक्ष  भागिरथ खराल  लगायतका अधिकांस जनप्रतिनिधी आएका छैनन ।  वडा सदस्य लालुराम अर्याल भने उनलाई भेट्न आए ।  ५ सय रुपैयाँ नगद सहयोग पनि गरेर गए । दुखको कुरा दलित महिला सदस्य  पानकुमारी बिक  समेत आफ्नै वडाकी  दलित युवती त्यो अवस्थामा हुँदा के कसो हो ? भनेर चासो नराखेको सत्केरी विपनाको दुखेसो छ ।

कतिपय स्थानीय सरकारले सुत्केरीको घरमा कुखराको भाले र घिउको ठेकी कोशेली बेकेर जाने चलन  राखेका छन् । विपन्न र बेसहारा विपनाले भने सुत्केरी भएको अवस्थमा नियमित एक चम्चा घिउ खान पाएकी छैनन् । 

बेपत्ता छन् विपनालाई सपना देखाउने

विपनाका अनुसार गुल्मी कै मदाने गाउँपालिका वडा नम्वर ६ पुर्कोटदको टाकुरा भन्ने स्थानमा घर भएका अन्दाजी विपना कै उमेर समुहका राजु कुँवरसँग उनको प्रेम सम्वन्ध रहन पुग्यो । गत बर्ष  विपना कै भाइमार्फत फोन नम्वर लिएर  राजु कुँवरले रातको समयमा फोनबाट विपनालाई  माया प्रेम र घर–जामको सपना देखाउन सुरु गरेका थिए ।  

उनका भाइ र राजु अर्घाखाँची एपिसी सिमेन्ट कारखानाको मेसमा खान पकाउने काम गर्थे ।  उनैलाई भनेर दिदी विपनालाई  २०७५ साल मंसिर २८ गते देखि भाँडा माझ्ने काममा लगाएका थिए ।  राजु भने सोही वर्षको असोजदेखि त्यस ठाउँमा काम गर्दै आएका थिए ।  विपना काममा लागेदेखि नै उनी विपनाको जवानीसँग खेलवाड गर्न सुरु गरे ।

तिमी बिना बाँच्न सक्दिँन भन्दै आत्माहत्या गर्ने नौटङकी पनि गर्न थाले । विपनाले ‘मेरो र तपाईँको जात मिल्दैन, तपाईँको परिवारले स्वीकार गर्दैनन्’ भनेर आफ्नो स्पष्ट कुरा राख्दा पनि उनको केही शिप लागेन । झुटो मायाको जालमा फसाई हाले ।

गत सालको फागुनमा विपना यता घर आइन् । त्यसको चार दिनपछि फागुन १९ गते राजु ईन्द्रगौडा मै आएर विपनालाई विवाह गरी लैजाने भन्दै धर्ना बसे । विपना आमा र भाइ कसैलाई थाह नदिइ उनी राजुसँंग लागिन् ।

राजले आफ्ना मामा पर्ने रमेश महतराको घरमा थापाकी छोरी हो भनेर सात दिनसम्म राखे ।   सात दिन पछि घर नलगी अर्घाखाँची एपिसी सिमेन्ट कारखाना कै काममा लगेर गए ।  त्यसको १२ दिनपछि त्यही कम्पनी अन्तर्गत कै रड बनाउने कारखानामा काम गर्न थालेको विपना बताउँछिन् ।

त्यहाँ उनीहरुले डेढ महिना काम गरे ।  त्यस पछि विपनासँग टाढिने खेल सुरु गरे ।  जाँड रक्सी सेवन गर्ने र विभिन्न लाञ्छाना लगाउँदै कुटपिट गर्न सुरु गरेका राजुले फेरी पुर्कोटदह कै तिनै मावली भन्ने कहाँ लगेर १५-१६ दिन जति राखे ।  

यहि क्रममा गत बैशाख महिनामा गर्भ रहन गएको विपनाको भनाइ छ ।  त्यसपछि लुम्विनी जानेबाटोमा रहेको धागो कारखानामा काम गर्न सुरु गरे । जहाँ एक महिना मात्रै टिके राजु ।  बेकाम र मदिराले बेसुर राजुले ६ महिनाको गर्भ हुँदा तँ तल्ला जातकी छोरीलाई मैले घर भित्राउँदा मलाई दाजु भाइले कुलबाट निकाल्छन भन्दै  रातैदिन कुटपिट गर्न थालेपछि आफु ज्यान जोगाउन घर फर्किएको विपना बताउँ छिन् ।

उनी घर आएदेखि राजुले आफ्नो फोन उनीसँग सम्पर्क नहुने बनाएर राखेका छन् । शुक्रवार साँझ हामीले सम्पर्क राख्दापछि गर्छु भनेर फोन राखे अहिले शनिवार विहान देखि हाम्रो फोन पनि नलाग्ने बनाएर राखेका छन् ।

उनका बारेमा मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीको ध्यानकृष्ट गराउँदा आफुले खोजतलास गरि पीडित महिलालाई न्याय दिलाउने प्रयासमा आफुहरु जुट्ने आश्वासन दिए ।

 १८ वर्षदेखि पनि बाबु बेपत्ता          

आँपचौरको अमलबोटस्थित जंगलको बिकुनो र रुखो जमिनमा सानो खरको झुपडी छ विपनाकी आमा दुर्पती सावतको  ।  घरको  त्यस्तो विपन्न अवस्था हुँदाहुँदै पनि ३ वर्षकी छोरी विपना र ९ दिनका छोरा अजुर्नलाई छाडेर घरबाट बेपत्ता भए बाबु  लालबहादुर सावत ।  यो १८ बर्ष अघिको कुरा थियो  । त्यति बेला उनकी आमा दुर्पती २२ वर्षकी थिइन् । वर्ष औंसम्म श्रीमानको बाटो हेर्दा पनि उनी अहिलेसम्म घर फर्केर आएका छैनन् । 

त्यहाँकी एक बिश्वकर्मा थरकी युवती र उनीसँगै गाउँबाट हराएका थिए । उनी फर्केर  घर नआए पनि आमा दुर्पतीले  छोरा छोरीको मुख हेरेर बसिन् । यता आर्थिक अभावका कारण उनकी आमा छोरी विपनालाई सदरमुुकाम ल्याएर उनको न्यायको ढोका ढक्ढकाउन सकेकी छैनन् ।

जिल्लाका  दलित अधिकारकर्मीले  निशुल्क कानुनी उपचारका लागि सदरमुकाम आउन आग्रह गरेका छन् ।  बिपन्न र बेसहारा सुत्केरीको उद्धार गर्न ईन्द्रगौडाका महिलाले सबैसँग सहयोगको अपिल समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप