शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा १० वर्षसम्म विद्यालय भवन बनेन

शनिबार, ०५ पुस २०७६, १४ : ३४
शनिबार, ०५ पुस २०७६

ओखलढुंगा । १० बर्षसम्म विद्यालय भवन निमार्ण सम्पन्न नभएपछि शुक्रबार प्रखुम जिल्ला अधिकारी सहितको टोली अनुगमनमा पुग्यो । जिल्लाको सिद्धिचरण नगरपालिका २ निशंखेमा रहेको हिमालय माध्यमिक बिद्यालयको निमार्णाधीन भवन अनुगमनमा गएका टोलीलाई स्थानीयले काममा भएकोे ढिलासुस्तीबाट दिक्क भएको गुनासो गरे । तत्कालीन जिल्ला विकास समितिमार्फत २०६६ सालमा निर्माण कम्पनी ‘विरुवा पुष्पाञ्जली जेभी’ले भवनको ठेक्का सम्झौता गरि काम गरेको भएपनि निर्माण पूरा नभएको स्थानीय कुमार सार्कीले गुनासो गरे । 

उनले भवन निमार्णका लागि आफ्ना बाबुहरुले काठ बोकेको र गिट्टी कुटेको सम्झिँदै उनिहरु बितिसक्दा समेत भवन नबन्नु दुखद् भएको बताए । ‘मेरो बुबा डल्ले सार्की र काका काजी सार्कीहरुले गाउँमा माध्यमिक शिक्षा तहको सुविधा सम्पन्न भवन बन्ने आशामा काठ बोके, गिट्टी कुटे, तर अहिले न उहाँहरुले भवन बनेको देख्न पाउनुभो,न त ज्याला नै पाउनु हो,उहाँहरु बितकै ४ बर्ष बितिसकेको छ ।’

भारतीय दूतावासकोे सहयोगमा बन्दै गरेको यस विद्यालय भवन १० वर्षदेखी निमार्णधीन अवस्थामा छ  । स्थानीयले समेत आफ्ना छोराछोरीलाई गाउँमै माध्यमिक शिक्षा अध्ययन गराउन पाउनेसपना देखेर भवन निमार्णमा आआफ्नो क्षेत्रबाट सहयोग गरेका थिए तर अहिलेसम्म वन निर्माण भने अधुरै छ । 

लामो समयदेखि यो भवन निमार्णाधीन अवस्थामा रहेको अर्का स्थानीय श्याम कुमार कार्कीले बताए ।उनले ९ वर्षसम्म अलपत्र परेको भवन गएको असारमा ठेकेदार कम्पनीका कन्ट्याक्टर फेरिएर आएपछि भने काम अगाडि बढेको बताए ।‘लामो समय भवन अलपत्र अवस्थामा रह्यो,पछि हामीले पनि स्थानीय प्रशासन,वडा पालिका लगायतमा बारम्बार ध्यानकर्षण गरायौँ अहिले नियमित काम भैरहको छ’, उनले भने । १० वर्षमा दुईपटक कन्ट्याक्टर फेरिँदा अहिले बल्ल भवन निमार्णको ८० प्रतिशत काम सकिएको छ ।

यता भारतीय दूतावासले लामो समयसम्म भवन अधुरो रहेपछि विद्यालयको भुक्तानी नै रोकेको छ । निर्माण कम्पनीका तर्फबाट कन्ट्याक्टर बबि श्रेष्ठले भने समयमै भुक्तानी नभएकाले निर्माण प्रभाबित भएको बताए । उनले अवको २२ दिनभित्रमा भवन निर्माण सकिसक्ने बताए । ‘

 अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बाकीँ रहेका कामहरु चाडै सक्न निर्देशन दिए । उनले भवनको कम्पाउन्ड ,घेराबार,मैदान निर्माण लगायतको काम बाँकी रहेकाले समयमै सक्न भनेका छन् । कम्पनीले २०६६ सालमा तीन बर्षभित्र सक्ने गरी कुल १ करोड ४९ लाख रुपैयाँको लागतमा भवनको ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप