पीपीएल क्रिकेट : चितवनद्वारा धनगढी पराजित

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले आफ्नो अविजित यात्रालाई कायमै राखेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो तेस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तीन खेलमा जीत हासिल गरेर अङ्क तालिकामा छ अङ्क जोडेर शीर्ष स्थानमा रहन सफल भयो ।
खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभर पूरै खेल्दै पाँच विकेटको नोक्सानीमा १८१ रनको विशाल योगफल तयार गरेको थियो । अघिल्लो दिनको खेलमा पराजित धनगढी आजको खेल जित्नका लागि १८२ रनको लक्ष्य पछ्याउने क्रममा पूरै ओभर खेलेर आठ विकेट गुमाउँदै १२९ रनमा समेटियो ।
धनगढीको शुरुआति ब्याट्सम्यान सुभेन्दु पाण्डे सन्नी पटेलको बलमा पहिलो ओभरको पहिलो बलमानै आउट हुन पुग्नुभयो भने तेस्रो क्रममा ब्याटिङमा आउनुभएका श्रीमान्था विजयारत्नसमेत दोस्रो बलमा नै पेभिलियन फर्किएपछि धनगढी दबाबमा आएको थियो ।
चौथो क्रममा ब्याटिङमा आउनुभएका कप्तान दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ४९ ले रन जोडेर धनगढीको इनिङ्स माथि उकासेका थिए भने शुरुआति ब्याट्सम्यान रोड्रिगो थोमसले २० बलमा २४ रन जोडेका थिए ।
सन्दीप जोराले २१ बल सामना गर्दै २१ रन जोड्नुभयो भने अविजित रहँदै १९ बलमा १७ रनको योगदान दिए ।
चितवनका भुवन कार्कीले चार ओभर बलिङमा तीन विकेट लिँदै २३ रन खर्चिए । करण केसी र सन्नी पटेलले समान दुई विकेट लिनुभएको थियो । ‘म्यान अफ दी म्याच’ चितवनका आरिफ शेख अविजित रहँदै २० बलमा चार छक्का र दुई चौकाको मद्दतमा ४७ रन जोड्नुभयो भने बाबर हायातले २८ बलमा ३६ रन तथा सन्नी पटेलले १७ बलमा ३२ रन जोडेका थिए ।
धनगढीका दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान दुई÷दुई तथा अमित यादवले एक विकेट लिएका थिए । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेबाट भइरहेको प्रतियोगितामा शनिबार काठमाडौँ गोल्डेन वारियर्स र विराटनगर टाइटन्सकाबीचमा खेल हुने आयोजकले जनाएको छ । पुस १२ गते हुने प्रतियोगिताको फाइनलमा विजेता रु २७ लाख तथा उपविजेता रु १० लाख पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम