शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

शुक्रबार, ०४ पुस २०७६, १९ : ०९
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं । कमल थापा नेतृत्वको  राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले पुस २७ गने राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्य रुपमा मनाउने निर्णय गर्दै सो माग गरेको हो ।

बैठकले यो विषयमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र दिने र संसदमा पनि आवाज उठाउने निर्णय गरेको छ भने केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा भव्य रुपमा मनाउने भएको छ ।

बैठकले हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको समीक्षा,संगठन सुदृढिकरण लगायतका समीक्षा समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप