वी विल राइज फाउण्डेसनलाई नेपाल बैंकको १५ लाख सहयोग
शुक्रबार, ०४ पुस २०७६, १८ : ३५
काठमाडौं– नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वी विल राइज फाउण्डेसनलाई १५ लाखको चेक हस्तान्तरण गरेको छ ।
एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वी विल राइज फाउण्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पा लाई चेक हस्तान्तरण गरका छन् ।
उक्त रकम डेभिड लामा बिवाक निर्माणमा प्रयोग गरिने भएको छ । बिवाक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टीलले बनेको आधुनिक बासस्थान हो ।
यो बासस्थान पर्यटक, हिमालआरोहि तथा भरियाहरुले रोल्वालिङ्ग बाट टाशी लाप्चा पास हुँदै थामे सम्म जान प्रयोग गर्न सक्नेछन् ।