शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीतापाइलामा आगलागी हुँदा जे देखियो (फोटोफिचर)

शुक्रबार, ०४ पुस २०७६, १८ : ३२
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं । काठमाडौं सीतापाइलास्थित एक स्टोरमा आगलागी भएको छ । सितापाइलाबाट रामकोट जाने बाटोमा रहेको लामखुट्टे मार्ने क्वाएलको स्टोरमा आगलागी  भएको हो ।

प्रहरीका अनुसार शुक्रबार अपराह्न ४ बजेदेखि सुरु भएको आगलागी २ घण्टासम्म पनि नियन्त्रर्णमा आउन सकेको छैन । काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरीको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो नियन्त्रर्णका लागि ४ वटा दमकल प्रयोग गरिएको छ । आगलागीको कारण खुलेको छैन भने क्षतिको विरण आउन पनि बाँकी रहेको महानगरीय प्रहरी बृत स्वयम्भुका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप