‘मरेका मार्क्स जीवितभन्दा सय गुना सशक्त भएर आए’
काठमाडौं । मार्क्स, लेनिन र माओको नाम लिएर २१ औँ शताब्दीमा भएको सशक्ततम् आन्दोलनका प्रेयता अध्यक्ष प्रचण्ड उहाँहरुका कर्मठ सहयोगीहरु मञ्चमा उपस्थित हुनुहुन्छ । मार्क्सवादको ठोस विश्लेषणात्मक निर्णयमाथि बारम्बार प्रश्न उठ्दै आएको छ । अध्यक्ष प्रचण्ड र अरू कमरेडको आलोचनामा यो फेज अनेकौँपटक अवश्य आएको छ ।
मार्क्सका फेलेरिन्सका उपर प्रश्न उठाउने मान्छेले यति बुझे हुन्छ, मार्क्सको देहान्तका साथ कार्लमार्क्सको मृत्यु हुनु बिल्कुल हास्यस्पद कुरो थियो । हामीजस्ता प्रजातान्त्रिक समाजवादी पनि सधँै आफ्नो हिसाबले भनेका छौँ, लेखेका छौँ । आज २१ औँ शताब्दीमा आएर मार्क्स एक मात्र सान्दर्भिक युरोपका चिन्तक छन् । युरोपले दुनियाँलाई धेरै कुरा लिएको छ । तर मार्क्सभन्दा ठूलो कुरा केही दिएको छैन । युरोपबाट आएको सबैभन्दा ठूलो कुरा मार्क्सको विचार हो ।
मार्क्सलाई सम्झिँदा मार्क्सलाई एक समय नबुझिकन लेनिन र पेरिसमा भएको कम्युन बलशाली क्रान्ति नभएको भए उनलाई बुझ्न समय लाग्थ्यो होला । त्यो क्रान्तिले मार्क्सलाई हठात नवजीवनको ऊर्जा थियो । तर त्यसको परिणाम के भयो ।
१९७९ को त्यो विघठन र विघठन भएपछि केही दशकभित्रै के जानकारीमा आयो भने आज संसारकै सबैभन्दा असमानताको देश रुस छ । तपाईले भन्न सक्नुहुन्छ त्यो कम्युनिस्ट शासन समाप्त भएपछि भएको हो । त्यसो भन्नुभयो भने ठोस विश्लेषणात्मक ठोस निर्णय हुँदैन । केही कमी कमजोरी स्टालियनकै पालादेखि सुरु भएको हुन् ।
त्यो के थियो भने जुनधारको नेतृत्व गरेर प्रचण्ड वा अन्य कमरेडहरु आउनुभएको छ । उहाँहरुको प्रस्थान विन्दु नै त्यही थियो । ख्रुस्चेवका पालादेखि नै रुसमा संशोधनवाद सुरु भयो । म त्यतातिर धेरै जान चाहन्छ । यति कुरा भनौँ गतिशील नेता प्रचण्डलाई त्यो कुरा बुझ्न आवश्यक छ भन्ने ठानेको छु ।
अब मार्क्सकै सन्दर्भबारे कुरा नाटकको सरल भाषाका रूपमा भन्दा मार्क्स किन सान्दर्भिक छन् भने उनको देहान्त भएको १७ वर्षपछि १ सय १ महान प्रतिभाशाली लेनिन र ट्रटस्कीलगायतका चिन्तनको इतिहासका राम्रो गाइड थिए । यस नाटकले मैले बुझेसम्म के देखाउँछ भने दुनियाँ तीन किसिमबाट परिवर्तन हुन्छ । तर्कबाट, मार्क्सले जस्तो तर्क गर्ने दुनियाँमा कमै भए । तर तर्कले इतिहास बदल्ने क्रममा शक्ति पनि चाहिन्छ, सङ्घर्ष पनि चाहिन्छ र युद्ध पनि चाहिन्छ । त्यसैले भनिन्छ सशक्त योद्धा, सशक्त दूरदर्शी र सशक्त भविष्य व्यक्ता चाहिन्छ । इतिहास बदल्न सबैभन्दा ठूलो कुरा उदहारण पनि हो ।
इतिहासका नेताहरुले कसरी बचेका छन्, कसरी खाएका थिए, कसरी गरिबी समान गरेका छन् र कसरी आफूलाई त्याग र समर्पितमा जीवन अर्पित छन् । मैले बुझेसम्म यो नाटकले मार्क्सको असाधारण साधारणतालाई सङ्केत गरेको छ । नाटक कला साहित्य यस्तो साधन हो, जसले कुनै पनि सत्यलाई अत्यन्त जोडदार ढङ्गले बताउँछ । त्यस कुरामा यो नाटक सफल छ ।
एउटा राजनीतिक सिद्धान्त मार्क्सवादले, लेनिनवादले, बहुदलीय जनवादले २१ औँ शताब्दीको नयाँ जनवादले र राष्ट्रिय मेलमिलापले पार्टी बनाउन सक्छ, प्रचण्डपथले आन्दोलन चलाउन सक्छ । तर जीवन मूल्यले पार्टी होइन सभ्यता बनाउँछ । मार्क्स यस्ता जीवन मूल्यका बाहक थिए, उनी सभ्यता बनाउन सक्षम छन् । संसारमा जबसम्म असमानता छ, तबसम्म मार्क्स जिवित रहन्छन् । संसारमा जबसम्म बर्बता छ, तबसम्म मार्क्स जीवित रहन्छन् । आज मार्क्स मरे भन्ने मान्छेले सुन्नुभएको छ भने मरेका मार्क्स आज जीवित मार्क्सभन्दा सय गुना सशक्त भएर आएका छन् । सावधान रहनुहोस् साम्राज्यवादी ।
(प्रदर्शनमा रहेको नाटक ‘मार्क्स फर्किए...’माथि समाजवादी चिन्तक एवम् नेपाली काँग्रेसका नेता प्रदीप गिरीद्वारा व्यक्त विचारको सम्पादित अंश ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकैदिन २२ कम्पनीको साधारणसभा आह्वान
-
चन्द्रागिरि–१२ का वडा अध्यक्ष न्हुच्छे महर्जन पक्राउ
-
माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा
-
बिचौलिया रोक्न वैदेशिक रोजगार विभागमा बनाइयो विद्युतीय गेट
-
मानव सभ्यता उल्टो गेयरमा गइराखेको छ कि जस्तो लागिरहेको छ : पूर्वराष्ट्रपति यादव
-
कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट सुरु भयो बयान