मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कियाले ल्यायो नेपाली बजारमा ग्लोबल मोडल मिड–एसयुभी ‘सेल्टोस’

शुक्रबार, ०४ पुस २०७६, १६ : ३५
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं । विश्व लोकप्रिय ब्राण्ड कियाले नेपाली बजारमा मिड–एसयुभी कार सेल्टोस ल्याएको छ । नेपालका लागि कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेनिङ इन्टरप्राइजेज प्रा.लिले सेल्टोसलाई नेपाल भित्र्याएको हो । शुक्रबार राधानिमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनी सेल्टोस सार्वजनिक गरेको छ ।

कोरियन ब्राण्ड कियाको नविन उत्पादन सेल्टोसलाई ग्लोबल मोडलसमेत भनिएको छ । केहि समयअघि मात्र भारतीय बजारमा सार्वजनिक भएको सेल्टोसले अपार सफलता पाएको थियो भने बजारमा प्रवेश पाएको छोटो समयमा नै सेल्टोसले अन्य ब्राण्डहरुलाई पछि पार्दै चौथो स्थानमा पर्न सफल भएको थियो । जुन कार नेपालमा समेत अपेक्षा गरिएको छ ।

 न्यू सेल्टोसमा १० इन्चको स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता प्रदान गरिएको छ । जुन अन्य ब्राण्डहरु भन्दा भिन्न र परिस्कृत रहेको कम्पनीले जनाएको छ । 

१.४ भारत ६ इन्जिनको प्रयोग गरिएको सेल्टोस लुक्स, पर्फमेन्स्, सुरक्षा लगायत सबै फिचर्सहरुले उत्कृष्ट रहेको कम्पनी दाबी गरेको छ । सेल्टोस १.४ पेट्रोल र १.५ पेट्रोल÷डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।  भारत–६ इन्जिन जडित सेल्टोसमा १.४ पेट्रोल इन्जिनमा ६ हजार आरपिएममा १४० पिएसको अधिकतम पावर र एक हजार ५ सयदेखि ३ हजार २ सयको आरपिएममा २ सय ४२ एनएमको अधिकतम टर्क उत्सर्जन गर्छ । भने, १.५ को पेट्रोल इन्जिनले २ सय ५० र १.५ को डिजेल इन्जिनले एकसय ४४ एमएमको टर्क उत्सर्जन गर्छ । 

एचटीके पीटीएल, एचटीके प्लस, एचटीके प्लस एटी, एचटीएक्स र एचटीएक्स प्लस गरी पाँच भेरियन्टमा उपलब्ध सेल्टोसको मूल्य भेरियन्टअनुसार ४९ हजार ९० हजारदेखि ६६ लाख ९० हजारसम्म रहेको कम्पनीले जनाएको छ । ५ भेरियन्टमा उपलब्ध सेन्टोस ६ कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । तर हाललाई कम्पनीले रातो र स्टिल सिल्भर दुईवटा कलर मात्र ल्याएको जनाएको छ । 

औपचारिक रुपमा सेल्टोस सार्वजनिक भएसँगै ११ वटै कियाको शोरुमहरुबाट सेल्टोसको विक्रि वितरण तथा बुकिङ्ग खुल्ला भएको कम्पनीले बताएको छ । हालैमात्र सार्वजनिक भएको सेल्टोसको बजारमा हुण्डाई क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ सँग कडा प्रतिशप्रदा हुने कम्पनीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप