नवलपरासीमा ठुलो परिमाणमा लागुऔषधसहित २ जना पक्राउ

person explore access_timeपुस ४, २०७६ chat_bubble_outline0

बुटवल । पश्चिम नवलपरासीबाट प्रहरीले ठुलो परिणमा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । भैरहवाबाट पोखरातर्फ जाँदै गरेका २ वटा बसबाट देविनरगरस्थित महेन्द्र राजमार्गमा चेकजाँच गर्दा शुक्रबार बिहान साढे १० बजे लागुऔषसहित उनीहरु पक्राउ परेका हुन् ।  

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी वीरेन्द्र थापाकाअनुसार  पक्राउ पर्नेमा  ललितपुर जिल्ला गोदावारी नगरपालिका –१ चापागाउँका २६ वर्षीय नरेश लामा र पोखरा महानगरपालिका–१५ गलेश्वरका १५ वर्षीय विशाल सुनार रहेका छन् ।

लामाको साथबाट प्रहरीले डाईजेपाम २३ थान, नुफ्रिन–२०, एम्पुल, फेनरागन– २३  र एम्पुल सिरिज–४ थान लागुऔषध बरामद गरेको छ । त्यस्तै सुनारको साथबाट पेरागन –२२१  थान, नुफ्रिन–२२६ थान, एम्पुल –२२१ थान वरामद गरिएको छ  ।  उनीहरुविरुद्ध लागुऔषध कारोवार विरुद्धको मुद्धा दायर गर्ने तयार गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।