प्रचण्डपत्नी सीता दाहाल उपचारका लागि हरिद्वारमा, ९ तस्बिरमा हेर्नुस्

काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगिएको छ ।
प्रचण्ड र सीताकी छोरी गंगा दाहालले आमालाई हरिद्धारस्थित पतञ्जली योगपीठमा आयुर्वेदिक उपचारका लागि लगिएको जानकारी दिएकी हुन् । गंगाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सीता र आफु योगपीठका बाबा रामदेव र आचार्य बालकृष्णसँगै बसेर खिचेको तस्बिर सार्वजनिक गरेकी छन् ।
प्रचण्डको पारिवारिक स्रोतका अनुसार आयुर्वेदिक उपचारका लागि गंगा र सीता दाहाल बिहीबार हरिद्धार गएका हुन् । आइतबार सम्ममा सीता र गंगा नेपाल फर्कने छन् । सीता विगत लामो समयदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । जसका कारण ब्रेनमा समस्या देखिने र स्नायु तन्तुहरुमा रहेको प्रेटिनमा गडबडी हुने गर्दछ । साथमा नेकपाका नेता मातृका यादव पनि रहेका छन् । तस्बिरः गंगा दाहालको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’