जाउलाखेलमा किया मोटर्सको अत्याधुनिक शोरुम संचालन, किया सेल्टोस कार सार्वजनिक
![जाउलाखेलमा किया मोटर्सको अत्याधुनिक शोरुम संचालन, किया सेल्टोस कार सार्वजनिक](https://rpcdn.ratopati.com/media/albums/kia_seltos_2_g6JUaSJctn.jpg)
ललितपुर– विश्वप्रख्यात कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुबिधा सहितको शोरुम सञ्चालनमा ल्याएको छ ।
थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको शोरुमको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका छन् । शोरुममा कियाबाट उत्पादन भएका नेपालमा उपलब्ध सबै गाडी उपलब्ध हुनुका साथै बिक्रीपछिको सेवापनि दिने कम्पनीले जनाएको छ । करिब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जना भन्दा बढी प्राबिधिक तथा कर्मचारी सेवामा रहनेछन ।
शोरुम उद्घाटनसँगै नेपालमा बहुप्रतिक्षित किया सेल्टोस कार अनावरण पनि गरिएको छ । विश्वभरका मानिसहरुको पहिलो रोजाई बनेको किया मोटर्स कोरियन कम्पनि हो । नेपालमा समेत ग्राहकहरुको अत्याधिक माग रहेपछि सेल्टोस नेपालमा बिक्री सुरु गरेको किया जाउलाखेलका प्रमुख शंकु घिमिरेले जानकारी दिए ।
सेल्टोसको मुल्य नेपाली बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजार सम्म पर्ने कम्पनीले जानकारी दिएको छ । किया जाउलाखेलले सुरुवाती बुकिङमा १ लाख ५० हजार सम्मको नगद छुटको सुविधा दिएको छ । जसले ग्राहकलाई आफ्नो रोजाइको गाडी किन्न सहज हुने कम्पनीको विश्वास छ ।
किया जाउलाखेलमा प्रमुख घिमिरेले भने, सेन्टोस हाल भारतमा सर्वाधिक बिक्रि हुने गाडीको सुचिमा चौथो नम्बरमा छ । चाडै नेपाल र भारत दुवै ठाँउमा सेल्टोस एक नम्बरमा आउँछ । साथै सेल्टोस सुविधा र सुरक्षा दुवैका दृष्टिकोणले राम्रो भएकाले ग्राहकहरुको रुचिमा पर्नेट ।’
कियाले सन् २०१९ देखि आफ्नो उत्पादन भारतमा सुरु गरेको थियो । भारतमा निकै लोकप्रिय भएको सेल्टोस नेपालमा पनि सफल हुने कम्पनीको विश्वास छ ।
यस्तै किया जाउलाखेलबाट अत्याधुनिक सुबिधा सहितका बिद्युतिय गाडीपनि नेपाली बजारमा बिक्रि सुरु गरिएको छ । कियाले यस अघि बिक्रि सुरुगरेको स्पोर्टेज गाडी नेपाली बजारमा सर्वाधिक रुचाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
-
‘कर्मा’ मा यस्तो छ विपिनको गेटअप
-
‘भ्यालेन्टाइन्स डे’ मा मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’
-
प्रिमियर लिगमा लिभरपुल–एभर्टन भिडन्त
-
विक्षिप्त सहिद परिवार : सबै भन्न सक्दैनन्, नभनी बस्न पनि सक्दैनन्
-
अमेरिका पुगे नरेन्द्र मोदी, राति ट्रम्पलाई भेट्ने