शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाउलाखेलमा किया मोटर्सको अत्याधुनिक शोरुम संचालन, किया सेल्टोस कार सार्वजनिक

शुक्रबार, ०४ पुस २०७६, १३ : ३५
शुक्रबार, ०४ पुस २०७६

ललितपुर– विश्वप्रख्यात कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुबिधा सहितको शोरुम सञ्चालनमा ल्याएको छ । 

थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको शोरुमको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका छन् । शोरुममा कियाबाट उत्पादन भएका नेपालमा उपलब्ध सबै गाडी उपलब्ध हुनुका साथै बिक्रीपछिको सेवापनि दिने कम्पनीले जनाएको छ । करिब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जना भन्दा बढी प्राबिधिक तथा कर्मचारी सेवामा रहनेछन । 

शोरुम उद्घाटनसँगै नेपालमा बहुप्रतिक्षित किया सेल्टोस कार अनावरण पनि गरिएको छ । विश्वभरका मानिसहरुको पहिलो रोजाई बनेको किया मोटर्स कोरियन कम्पनि हो । नेपालमा समेत ग्राहकहरुको अत्याधिक माग रहेपछि सेल्टोस नेपालमा बिक्री सुरु गरेको किया जाउलाखेलका प्रमुख शंकु घिमिरेले जानकारी दिए । 

सेल्टोसको मुल्य नेपाली बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजार सम्म पर्ने कम्पनीले जानकारी दिएको छ । किया जाउलाखेलले सुरुवाती बुकिङमा १ लाख ५० हजार सम्मको नगद छुटको सुविधा दिएको छ । जसले ग्राहकलाई आफ्नो रोजाइको गाडी किन्न सहज हुने कम्पनीको विश्वास छ । 

किया जाउलाखेलमा प्रमुख घिमिरेले भने, सेन्टोस हाल भारतमा सर्वाधिक बिक्रि हुने गाडीको सुचिमा चौथो नम्बरमा छ । चाडै नेपाल र भारत दुवै ठाँउमा सेल्टोस एक नम्बरमा आउँछ । साथै सेल्टोस सुविधा र सुरक्षा दुवैका दृष्टिकोणले राम्रो भएकाले ग्राहकहरुको रुचिमा पर्नेट ।’

कियाले सन् २०१९ देखि आफ्नो उत्पादन भारतमा सुरु गरेको थियो । भारतमा निकै लोकप्रिय भएको सेल्टोस नेपालमा पनि सफल हुने कम्पनीको विश्वास छ ।

यस्तै किया जाउलाखेलबाट अत्याधुनिक सुबिधा सहितका बिद्युतिय गाडीपनि नेपाली बजारमा बिक्रि सुरु गरिएको छ । कियाले यस अघि बिक्रि सुरुगरेको  स्पोर्टेज गाडी नेपाली बजारमा सर्वाधिक रुचाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप