शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीका लागि सुरक्षित समाज बनाउनु छ भने छोरा हुर्काउँदा यी पाँच कुरा ध्यान दिनुहोस्

शुक्रबार, ०४ पुस २०७६, १२ : ५७
शुक्रबार, ०४ पुस २०७६

२१ औं शताब्दिमा पनि महिलाहरु सुरक्षित नभएको धेरैले गुनासो गर्ने गर्छन् । यसैबीच यस्ता घटनामा तीब्र वृद्धि हुनुमा कतै छोराहरुको हुर्काइमा नै कुनै गल्ती भइरहेको त छैन वा केटाहरुको मनोविज्ञानमा कुनै अन्जान कुराले त प्रभावित पारिरहेको छैन भन्ने बहस चर्किएको छ ।

आज हामी तपाईंलाई छोराको हुर्काइमा ध्यान दिनुपर्ने यस्ता पाँच कुराबारे जानकारी दिँदैछौं जसले सम्भवतः उनीहरुको महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन गराउन सक्छ जसका कारण यो समाज महिलाका लागि थप सुरक्षित बन्न सक्छ ।

बच्चाको अगाडि झगडा नगर्नुहोस्ः

श्रीमान्–श्रीमतीबीच सामान्य झगडा भइरहन्छ । तर साना बच्चाहरुको दिमाग निकै संवेदनशील हुन्छ त्यसकारण उनीहरुको अगाडि कहिले पनि झगडा गर्ने गल्ती नगर्नुहोस् । घरमा झगडा भइरहेका बेला रिसाएर चिच्याएर कराउने व्यक्ति नै अन्त्यमा जितिरहेको देखिन्छ भने उनको अवचेतन मस्तिष्कमा यसको गलत असर पर्छ । चिच्याउँदा र रिसाउँदा आफ्नो कुरा माथि पर्छ भन्ने भ्रम उनीहरुमा पर्नसक्छ ।

यसबाहेक धेरैजसो घरमा झगडा हुँदा अन्त्यमा पुरुषको नै जित हुन्छ (धेरैजसो यस्तै हुन्छ, यसलाई अन्यथा नसोच्नुहोस्) र महिला झुक्नुपर्छ । एक–दुई पटक यस्तो हुनु सामान्य लाग्छ तर बच्चाहरुले यदि आफ्नो वरिपरि यस्तो घटना पटक पटक भइरहेको देख्छन् भने बिस्तारै उनीहरुको अवचेतन मस्तिष्कमा महिला कमजोर हुन्छन् र पुरुषले उनीहरुलाई आफ्नो रिसले दबाउन सक्छन् भन्ने कुराको भ्रम परेको हुन्छ ।

पुरुषलाई पनि सिकाउनुहोस् ‘ब्याड टच’

धेरैले छोरीहरुलाई सानैदेखि ‘गुड टच’ र ‘ब्याड टच’ बारे जानकारी दिनुपर्छ भनेर सिकाउँछन् तर यस्तो कुरा छोरा बच्चाहरुलाई पनि सिकाउन आवश्यक छ । वास्तवमा जब तपाईं छोरालाई उनीहरुको गोप्य अंग, गुड टच, ब्याड टचबारे जानकारी दिन थाल्नुहुन्छ तब बिस्तारै उनीहरुले ब्याड टच उनीहरुका लागि मात्र नराम्रो नभई अरुको लागि पनि नराम्रो हो भन्ने कुरा बुझ्छन् ।

छोरा हुनु भनेको छोरीभन्दा भिन्न हुनु हो भनेर नसिकाउनुहोस्ः

नेपाली समाजमा बाल्यकालदेखि नै छोरा र छोरीलाई एक–अर्कासँग घुलमिन हुन दिनुको साटो उनीहरुलाई टाढा राख्ने कोसिस गरिन्छ । जसका कारण छोरा र छोरीको खेल भिन्दा भिन्दै हुन्छन् । उनीहरुको डुल्ने घुम्ने, दोस्ती गर्ने दायरा भिन्न राखिएको छ जसका कारण ठूलो हुँदासम्म पुरुषलाई महिलाबारे न त खासै जानकारी हुन्छ न नै उनीहरुलाई बुझ्छन् । ठूलो हुँदा जब उनीहरुलाई सेक्स र वासना जस्ता कुराबारे जानकारी हुन्छ तब उनीहरु आफ्नो दिमागमा विभिन्न प्रकारको फेन्टेसी बनाउन थाल्छन् । उक्त फेन्टेसीलाई आजकालको इन्टरनेट, गलत मानिसहरुको संगतबाट पोषण मिल्छ र पुरुषको दिमाग युवतीको विषयमा दुषित हुनेगर्छ ।

यस्तै यदि तपाईंले बाल्यकालदेखि नै आफ्नो सन्तानलाई केटीसँग घुलमिल हुन, सँगै खेल्न र साथी बन्न अनुमती दिनुहुन्छ भने उसले आफूलाई महिलाभन्दा भिन्न सोच्दैनन् ।

५ देखि १२ वर्षको उमेरमा बालबालिकामाथि नजरः

साधारणतया ५ वर्षपछि बच्चाहरुले कुनै पनि कुरालाई आफ्नो स्वतन्त्र दृष्टिले हेर्न सुरु गर्छन् । यदि तपाईं आफ्नो बच्चालाई सहि तरिकाले हुर्काउन चाहनुहुन्छ भने तपाईंले ५ देखि १२ वर्षको उमेरका बच्चामाथि विशेष निगरानी राख्नुपर्छ ।

बच्चाहरुले मोबाइल, टिभी, ल्यापटप, ट्याबलेट पाउने बित्तिकै कस्ता भिडियो हेर्छन्, कस्ता गेम खेल्न रुचाउँछन् त्यो विषयमा तपाईं सचेत हुनैपर्छ ।  हिंस्रक वा कुटपिटको भिडियो वा खेलले बच्चाको मस्तिष्कमा नकारात्मक असर पुर्याउँछ । यसबाहेक थुप्रै पटक ९–१० वर्षमा बच्चाहरुलाई आफ्ना साथीमार्फत् पोर्न भिडियो, फिल्मका एडल्ट सिन र सेक्ससँग सम्बन्धित आधा–अधुरा जानकारी प्राप्त गर्छन् । यदि बच्चाहरुले टिभी वा भिडियो हेर्ने समयमा यस्ता दृश्यमाथि भिन्न तरिकाले प्रतिक्रिया दिन्छन् भने च्यानल बदल्नुको साटो उनीहरुलाई तुरुन्त यसबारे सही जानकारी दिएर बुझाउनुहोस् ।

एउटा सबैभन्दा महत्वपूर्ण कुरा तपाईंले आफ्नो बालबच्चालाई सिकाउनुपर्छ र त्यो हो अरुको दुःख महसुस गर्न सिकाउने । जुन बच्चाले आफू अगाडिको बच्चाको समस्या, दुःख र पीडा बुझेर त्यसमाथि भावुक हुनसक्छन्, उसले कहिले पनि जानीजानी कसैमाथि पनि गलत गर्दैनन् ।

साधारणतया तीन वर्ष माथिका बच्चाहरु निकै जिद्दी हुन्छन् जसका कारण आफूलाई मनपरेको खाना नपाउँदा, मनपरेको टिभी च्यानल हेर्न नपाउँदा र आफूलाई मनपरेको खेलौना नपाउँदा रिसाउने गर्छन् । यो उमेरका बच्चाहरुलाई ‘न’ लाई स्विकार गर्न सिकाउनुहोस् ।

१२ देखि १ वर्षका बच्चालाई सिकाउनुहोस् केही कुराः

१२ –१३ वर्षको उमेरमा बच्चालाई किशोर अर्थात् टिनेजर मानिन्छन् । यदि सही तरिकाले हुर्काइयो भने यो उमेरसम्म तपाईंको बच्चा निकै समझदार हुन्छ । केही बच्चा, जसको हुर्काइ ठिक छैन वा उनीहरु एडीएचडी जस्ता समस्याको शिकार हुन्छन्, उनीहरु यो उमेरमा सबैभन्दा धेरै हिंस्रक र रिसाहा हुन्छन् । आमा–बुवाले आफ्ना १२ देखि १८ वर्षका बच्चालाई केही अत्यावश्यक कुराहरु सम्झाउनुहोस् ।

यो उमेरमा धेरै मानिसहरु प्रेमको अर्थ ‘सेक्स’ बुझ्छन् । उनीहरुलाई सेक्स र इन्टिमेसीमा अन्तर बुझाउनुहोस् । बच्चालाई प्रेम र पवित्रता र सम्बन्धको महत्व सिकाउनुहोस् ता कि आफूभन्दा ठूलाको सम्बन्ध उनीहरुले बुझ्न सकून्  ।

नोटः माथि उल्लेखित टिप्सबाहेक दैनिक गर्नुपर्ने धेरै कुराहरु छन् जसबारे तपाईंले आफ्नो छोरासँग कुरा गर्नुपर्छ । तपाईंको छोराले महिला वा कुनै विशेष व्यक्तिबारे छुट्टै धारणा बनाइरहेको छ र पुरातनवादी सोच राखिरहेको छ भने उसलाई तुरुन्त गाली गर्नुहोस् र सम्झाउनुहोस् । यसै गरी उसलाई छोरा र छोरी बराबर हुन्छन् भनेर महसुस गराउन सिकाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप