झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, ०४ पुस २०७६, १२ : ५६

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा विर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना४ख ६११६ नंको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुङ्गेललाई आज विहान ठक्कर दिँदा उहाँको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने बस, बसचालक पर्सा गढी नगरपालिका–९ का ३९ वर्षीय वेदबहादुर सुवेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर