केन्द्रीय संस्करण
जीवनशैली

यस्ता छन् कामवासना र शिष्टाचारका परम्परागत नियमहरु

इन्द्रियहरु खतरनाक किसिमले बलवान् : तिनले विद्वान‍्लाई पनि कुर्मुर्‍याउन र पथभ्रष्ट पार्न सक्छन्

person explore access_timeपुस ४, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

हाम्रो समाजमा युगौंदेखि चलिआएका सनातन सस्कृतिमा शिष्टाचारका नियमहरु नभएका होइनन् । अजम्मरी नियमहरु पनि छन् ।

“एक्लो मर्द कबै नजानु अरुकी एक्ली छ भार्या जहाँँ !”

वर्षौंअघि सुब्बा होमनाथकेदारनाथले तैयार गरेको महाभारतमा यो पद्यांश पनि समावेश छ । हाम्रो सनातन संस्कतिमा सदाचारका तहमा वकालत गरिँदै आएका महत्वपूर्ण आचरणमध्ये यो पनि एउटा हो ।

“अर्काका धनमा र फेरि अरुका नारीहरुमा रति

हे भाइ, सुन भन्छु क्वै दिन पनि तिम्रो नजाओस् मति”

वर्षौंअघि अनुदित रामायण उत्तर काण्डभित्र रामलक्ष्मण सम्वाद प्रसङ्गमा यो पद्यांश समाविष्ट छ । यी सवै शिष्ट आचरणप्रति लक्षित गरिएका प्रसङ्गहरु हुन् ।

परम्परागत नीति शास्त्रले मानिसमा रहने चार भयङ्कर खतरामध्ये यौवनलाई मानेको छ । जस्तै—

“यौवनम् धनसम्पत्तिः प्रभुत्वम् अविवेकिता

एकैकमप्यनर्थाय किमु यत्र चतुष्टयम् ?

अर्थात् यौवन, धन, प्रभुत्व र विवेकहीनता यी चारमध्ये एकले पनि भयङ्कर अनर्थ गर्न सक्छ । यी चारैको जमघट एकै मानिसमा एकै पटक भयो भने कति अनर्थ होला ?”

परम्परागत नीतिकारमध्येकै एक जना नीतिकारले भनेकाछन््—

“तप्ताङ्गारसमा नारी घृतकुम्भसमो नरः

तस्मात् घृतम् च वह्निम् च नैकत्र स्थापयेत् बुधः

अर्थात् नारी जाज्वल्यमान आगोजस्तै हुन् भने नरहरु घिउका घैँटाजस्तै हुन् । यसैले प्रवुद्ध जनले यी दुईलाई एकै ठाउँमा जुटाइराख्नु मनासिप छैन ।”

परम्परागत अर्का नीतिकार मनु भन्छन्—

“मात्रा श्वस्रा दुहित्रा वा नैक शैयासनो भवेत्

वलवान् इन्द्रियग्रामो विद्वांसमपि कर्षति

अर्थात् केटामान्छेले आमा, दिदीबहिनी र छोरीसँग पनि एकै ओछ्यानमा सुत्नेबस्ने नगर्नू । इन्द्रियहरु खतरनाक किसिमले बलवान् छन् । तिनले विद्वान्लाई पनि कुर्मु¥याउन सक्छन् । पथभ्रष्ट पार्न सक्छन् ।”

संस्कृत भाषाका एक जना पुराना कविले लेखेका छन्—

“विश्वामित्र पराशर प्रभृतयो वातांशु पर्णाशनाः

तेपि स्त्रीमुखपङ्कजम् सुललितम् दृष्ट्वैव मोहं गताः

शाल्यन्ननम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानवाः

तेषाम् इन्द्रियनिग्रहम् यदि भवेत् विन्धयस्तरेत्सागरे

अर्थात् विश्वामित्र पराशर जस्ताऋषिहरु जङगलमा बस्थे । सुकेका पात पानी र बतास खान्थे । तपस्या गर्थे । ती त्यस्ता त्यागी तपश्वीहरु पनि कमलफूलजस्तै फक्रेका युवतिका मुहार देखेपछि मुग्ध भए र गति छोडे । घिउ राखेको भात, दालतर्कारी, दूधदही खान पाएका मानिसहरु ऐन मौकामा इन्द्रिय नियन्त्रण गर्न र पथभ्रष्ट हुनुबाट जोगिन सक्छन् भन्नु त विन्ध्याचलजस्ता पहाडहरु फटाफट हिँडेर समुद्र तर्न सक्छन् भन्नुजस्तै हो ।”

इन्द्रिय नियन्त्रणकै सन्दर्भमा शास्त्रकार वैवश्वत मनुले  लोकतान्त्रिक शैलीमा भनेकाछन्—

“आपदाम् कथितः पन्थाः इन्द्रियाणाम् असंयमः

तज्जयः सम्पदाम् मार्गो येनेष्टम् तेन गम्यताम् ।

अर्थात् आफ्ना इन्द्रियहरुलाई नियन्त्रणमा नराख्नु र छाडा लगाउनु भनेको आपत्तिको बाटो समात्नु हो । इन्द्रियहरुलाई जित्नु तथा नियन्त्रणमा राख्नु भनेको सम्पत्ति र सफलताको बाटो लिनु हो । तपाइँ जुन बाटो अपनाउन चाहनुहुन्छ त्यसैबाटो अगाडि बढ्नुहोस् ।”

क्रमशः

Title Photo:https://www.hinduwebsite.com/hinduism/images/viswamitra.jpg

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...